भाजपा नेता र वासिङ्टन पोष्टका सम्पादकबीच भनाभन - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

भाजपा नेता र वासिङ्टन पोष्टका सम्पादकबीच भनाभन



एजेन्सी- अमेजनका संस्थापक एवं सिईओ जेफ बेजोसको पत्रिका वासिङ्टन पोष्टका वरिष्ठ सम्पादक एली लोपेजले भाजपाका नेतालाई स्वतन्त्र पत्रकारिता सरकारलाई रिझाउनका लागि नहुने बताएका छन्।

वासिङ्टन पोष्टले नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले अपनाइरहेको नीतिका विरुद्ध लेख्दै आइरहेको छ।

अमेजनका सिईओ जेफ बेजोस हालै तीन दिने भारत भ्रमणमा आएका थिए। यसक्रममा भाजपाका नेताहरुले उनको आलोचना गरे।

विदेश मामिला हेर्ने भाजपा नेता विजय चौथाइवालेको वासिङ्टन पोष्टका वरिष्ठ सम्पादक एली लोपेजसँग सामाजिक सञ्जालमा बहससमेत भएको छ।

चौथाईवालेले शुक्रबार जेफ बेजोसलाई मेन्सन गर्दै ट्वीटरमा लेखेका थिए, ‘मिस्टर जेफ बेजोस, बासिङ्टन पोस्टमा आफ्ना कर्मचारीलाई सम्झाउनुहोस्, नत्र तपाईको रिझाउने प्रयास, समय र पैसा बर्बाद मात्रै हुन्छ।’

यसको जवाफमा लोपेजले लेखे, ‘के लेख्ने के नलेख्ने यो कुरा बेजोस भन्दैनन्। स्वतन्त्र पत्रकारिता सरकारलाई रिझाउनका लागि हुँदैन। तर, हाम्रा पत्रकार र स्तम्भकारको काम भारतको प्रजातान्त्रिक परम्पराभित्रै छ।’

त्यसपछि चौथाईवाले वासिङटन पोष्टले पछिल्लो ६० दिनमा पाकिस्तानविरुद्ध खेल प्रकाशित नगरेको भन्दै बहस गरेका थिए।

उनले भने, ‘तपाईका डेस्क एडिटरले भारतीय स्तम्भकारको स्तम्भबाट सबै पाकिस्तान विरोधि विचार यसरी हटाइएको थियो कि उनले आफ्नो लेख अरुतिरै छाप्नु पर्‍यो। के यो सही होइन?’

त्यसको जवाफलमा एलीले लेखेका छन्, ‘यो कुरा सही होइन। हामीले पाकिस्तानको आलोचना गरिएका कैयौँ लेख प्रकाशित गरेका छौँ।

केही लेखकलाई आफ्नो लेख सम्पादन भएको राम्रो लाग्दैन। यदी उनीहरु हाम्रो कडा नीतिको पालना गर्न सक्दैनन् भने आफ्नो लेख अन्तै छपाउनका लागि स्वतन्त्र छन्।’