अस्ट्रेलिया: डढेलो लागेकै क्षेत्रमा फेरि प्रकृतिले पानी बर्सायो - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

अस्ट्रेलिया: डढेलो लागेकै क्षेत्रमा फेरि प्रकृतिले पानी बर्सायो



अष्ट्रेलियामा लामो समयदेखि आगलागी भएको क्षेत्रमा वर्षा भएको छ। ३ महिनादेखि अस्ट्रेलिया खतरनाक डढेलोको आहालमा तड्पिएको छ ।

आगलागी भएकै ठाउँमा वर्षा भएपछि निकै खुसीका साथ् सर्वसाधारणले सामाजिक सञ्जालमा प्रतिक्रिया दिइरहेका छन् ।

देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महसूस गरिएको अधिकारीले बताएका छन्।

अहिलेसम्म नै नभएको ठूलो आगलागीको घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ भने करोडौँ जनावर पनि जलेर मरेका छन्।

न्यु साउथ वेल्समा आगलागी भइरहेको र अहिले परेको वर्षाले आगो नियन्त्रण नै हुने अवस्था भने नरहेको अधिकारीले जनाएका छन्।

‘आगलागी भएको क्षेत्रमा अहिले वर्षा भएपछि केही राहत महसूस त भएको छ, तर आगलागी नियन्त्रण नै हुने भने देखिएको छैन,’ ग्रामीण अग्नि नियन्त्रण सेवाका अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन्।

वर्षा कति धेरै समय पर्छ र कति ठूलो हुन्छ भन्ने कुराले आगलागी नियन्त्रण हुन्छ की हुँदैन भन्ने निर्धारण हुने उनले बताएका छन्। आगलागी हुनुभन्दा अगाडिसम्म दर्जनौ ठाँउमा आगलागी भइरहेको विवरण अग्नि नियन्त्रण सेवाका अधिकारीले दिएका थिए।

स्थानीय सञ्चार माध्यमले पनि जलिरहेको जंगलमा वर्षा भएको भिडियो र फोटो प्रकाशन तथा प्रसारण गरेका छन्।