सन्दीपले विपक्षीलाई रन नै नदिएको त्यो मेडन ओभर - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

सन्दीपले विपक्षीलाई रन नै नदिएको त्यो मेडन ओभर



काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गरेका छन्।

सन्दीपले खेलेको मेडन ओभरमा निकै नै स्तरीय खेल खेलेको चर्चा भैरहेको छ । जुन खेलमा सन्दीपले तीन ओभर मात्र बलिङ गरे।

बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेलिरहेका उनले बुधबार पर्थ स्कोचर्सविरुद्धको खेलमा ‘मेडन ओभर’ बलिङ गर्दै २ विकेट लिए।

उनले आफ्नो पहिलो ओभरमा बिनाविकेट ३ रन खर्चिए भने दोस्रो ओभरमा पनि बिना कुनै विकेट ४ रन दिए। सन्दीपले आफ्नो तेस्रो ओभरको तेस्रो र चौथो बलमा लगातार २ विकेट लिए।

उनले तेस्रो बलमा क्रिस जोर्डन तथा चौथो बलमा झाई रिचर्डसनको विकेट लिएका हुन्। उक्त ओभरमा उनले कुनै रन खर्चिएनन्। सन्दीपले विपक्षी खेलाडीलाई छक्का र चौकासमेत प्रहार गर्न दिएनन्।

यस यामको बिग ब्यासमा सन्दीपले हालसम्म ९ खेल खेल्दै ११ विकेट लिन सफल भएका छन्। सन्दीपको टोली मेलबर्न स्टार्सले टस हारेपछि सुरुआतमा बलिङ गर्न पुगेको हो।

विपक्षी टोली पर्थले १३.५ ओभरमा सबै खेलाडी गुमाउँदै ८६ रन मात्र बनायो। उक्त खेलमा मेलबर्न ८ विकेटले विजयी भयो।

बिग ब्यासमा सन्दीपको टोली मेलबर्न अङ्‌क तालिकाको शीर्ष स्थानमा छ। मेलबर्नले हालसम्म १० खेलमध्ये ९ मा जित तथा एकमा हार बेहोर्दै १८ अङ्‌क बटुलेको छ। हालसम्म सन्दीपले चोटका कारण एउटा खेल मात्र गुमाएका छन्।