परवेज मुसर्रफलाई मृत्युदण्ड दिन नपाइने - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

परवेज मुसर्रफलाई मृत्युदण्ड दिन नपाइने



बीबीसी- पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई दिइने भनेको मृत्युदण्डको फैसला गैरकानुनी ठहरिएको छ।

केही समय अगाडि पाकिस्तानको विशेष अदालतले देशद्रोहको आरोपमा मुसर्रफलाई मृत्युदण्डको फैसला सुनाएको थियो।

मुसर्रफले विशेष अदालतको फैसला न्यायोचित नभएको बताएका थिए।

सोमबार लाहोरको उच्च अदालतको पूर्ण इजालसले विशेष अदालतको फैसलालाई गैरकानुनी भएको ठहर गरिदिएको हो।

यस फैसलासँगै अब मुसर्रफलाई मृत्युदण्ड नहुने भएको छ।

मुसर्रफलाई मृत्युदण्डको फैसला सुनाउने बेला विशेष अदालतले कानुनी प्रक्रिया पुरा नगरेको, कसैसँग परामर्श नगरेको तथा अनुमति नलिएको उच्च अदालतले बताएको छ।