सुलेमानी हत्याको खास कारण यस्तो पो रहेछ
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ४ वटा अमेरिकी दूतावासमा आक्रमणको तयारी गरेकाले इरानी विशेष सैन्य दस्ता कुड्स फोर्सका तत्कालीन प्रमुख कासिम सुलेमानीको हत्या गर्नुपरेको बताएका छन् ।
फक्स न्यूज च्यानलसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले ४ वटा अमेरिकी दूतावासमा इरानले आक्रमण गर्न लागेको थाहा पाएपछि सुलेमानीको हत्या गरेको दाबी गरेको बीबीसीले जनाएको छ ।
इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावातमा भएको प्रदर्शनको केही दिनपछि सुलेमानीको हत्या भएको थियो । ओहिओ राज्यमा निकालिएको चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले दूतावासमा आक्रमणको जानकारी पाएपछि सुलेमानीको हत्या गरिएको बताएका हुन् ।
राष्ट्रपति ट्रम्पको भनाईमा विदेशमन्त्री माइक पोम्पियोको पनि समर्थन छ । हजारौं मानिसको ज्यान जानुमा सुलेमानी मुख्य जिम्मेवार रहेको आरोप पनि ट्रम्प र पोम्पियोले लगाएको बीबीसीले जनाएको छ ।
यमनमा रहेका इरानका कमान्डर अब्दुल रेजा सालाईको पनि अमेरिकाले हत्याको योजना बनाएको नाम नबताउने सर्तमा एक अमेरिकी अधिकारीले बताएको खबरमा उल्लेख छ । तर यो आक्रमणमा भने सालाई बाँचेका ती अधिकारीले बताएको बीबीसीले जनाएको छ ।
यसैबीच अमेरिकी नौसेनाले अरेवीयन सागरमा नियमित यात्रा गरिरहेको बेला रुसी नौसेना जहाज आक्रामक रुपमा अघि बढेको आरोप लगाएको छ । उसले पाँचपटक खतराको विस्फोट गराएपछि मात्रै रुसी जहाजले बाटो परिवर्तन गरेको दाबी गरेको छ ।
रुसी रक्षा मन्त्रालयले भने यो आरोपको खण्डन गर्दै अमेरिकी नौसेनाले अन्तर्राष्ट्रिय नियम उल्लघंन गरेको दाबी गरेको बीबीसीले जनाएको छ ।