ट्रम्पले गरे सङ्कटकालको घोषणा - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ट्रम्पले गरे सङ्कटकालको घोषणा



वासिङ्टन- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका छन्। अमेरिकी टापु यस क्षेत्रमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गरेका हुन्।

उनले भूकम्प प्रभावितका लागि आवश्यक सम्पूर्ण सहयोग तथा उद्धारका कार्य गर्ने निर्देशन समेत आदेशमा उल्लेख गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार भूकम्प प्रभावित स्थलमा सबै प्रकारका राहत, उद्धार तथा व्यवस्थापनलगायतका कार्य गर्ने संयोजनकारी भूमिका निर्वाह गर्ने अधिकार वासस्थान सुरक्षा तथा संघीय आपत व्यवस्थापन निकायलाई दिइएको छ।

गत मङ्गलबार त्यस क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प आएको एक दिनपछि राष्ट्रपति ट्रम्पले यस्तो आदेश जारी गरेका हुन्। अधिकारीहरुले दिएको पछिल्लो विवरण अनुसार भूकम्पका कारण अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने अरु नौ जना घाइते भएका छन्। भूकम्पका कारण त्यस क्षेत्रका कैयौ भवनहरु क्षतिग्रस्त भएका थिए भने, विद्युत सेवा समेत अवरुद्ध भएको थियो।

पछिल्ला केही हप्तामा त्यस क्षेत्रमा हजारौ कम्पन अधिकांश आमनागरिकले महसूस गर्न समेत नसकेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

अहिले ठूलो भूकम्प गएको पुएर्टो रिकोमा ३४ लाख जनसंख्या रहेको छ भने सो स्थान मियामि, फ्लोरिडादेखि १६ सय किलोमिटर टाढा पर्ने अधिकारीहरुले जनाएका छन्। सिन्ह्वा