सामाजिक संजालमा बिरोध गरे जन्मकैद हुने - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

सामाजिक संजालमा बिरोध गरे जन्मकैद हुने



काठमाडौं- विद्युतीय प्रणालीको दुरुपयोग गरे जन्मकैदसम्मको सजाय हुन सक्ने देखिएको छ।

संसदमा दर्ता भएको सूचना तथा प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक जस्ताको तस्तै पारित भए कसैले सामाजिक सञ्जाल वा विद्युतीय प्रणालीमार्फत राज्यविरुद्धको अपराध हुन खालका कुरा उल्लेख गरे अधिकतम जन्मकैदसम्मको सजाय हुन सक्ने देखिएको हो।

विकास तथा प्रविधि समितिले पास गरिसकेको उक्त विधेयक संसदमा विचारधीन छ।

विधेयकको दफा ९६ उपदफा २८ मा राज्यविरुद्धको अपराध गर्नेलाई जन्मकैदसम्मको सजाय गर्न सकिने व्यवस्था गरिएको हो। उफदफा २८ मा लेखिएको छ– दफा ८८ को उपदफा (१) को कसुरमा कसुरदारलाई प्रचलित कानुनबमोजिम राज्यविरुद्धको अपराधमा सजाय हुनेछ।’ यो खबर आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेकी छन्।

विधेयकमा उल्लेख गरिएको प्रचलित कानुन भनेको मुलुकी अपराध संहिता ऐन २०७४ हो।

जसमा राज्यविरुद्धको अपराध गर्नेलाई ५ वर्ष कैद, ५० हजार रुपैयाँ जरिवानादेखि जन्मकैदसम्मको सजायको व्यवस्था छ।