यसकारण छिनछिनमै जान्छ काठमाडौँमा बिजुली? - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

यसकारण छिनछिनमै जान्छ काठमाडौँमा बिजुली?



काठमाडौं- जाडोसँगै विद्युत अवरुद्ध हुनेक्रम बढेपछि उपभोक्ता समस्यामा परेका छन्।

वितरण प्रणाली व्यवस्थापनका लागि प्राधिकरणलाई पनि हम्मेहम्मे परेको खबर आजको कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन्।

केही दिनयता काठमाडौँ उपत्यकामा वितरण प्रणालीको क्षमताभन्दा वढी विद्युत् माग हुन थालेपछि ट्रिपिङको समस्या बढेको प्राधिकरणले जानकारी दिएको छ।

माग उच्च हुँदा कुनै ठाउँको ट्रान्सफर्मर पड्किने र कतै फिडरमा समस्या देखिएपछि उपत्यकाका विभिन्न स्थानमा बत्ति जाने समस्या बढेको हो।

काठमाडौँ उपत्यकाको वितरण प्रणाली क्षमता साढे ४ सय मेगावाट हाराहारिमा भए पनि विद्युत् माग भने यो भन्दा बढी हुन थालेको छ।

उपत्यकामा र आसपासका क्षेत्रमा विद्युत्को माग ४६० मेगावाट हाराहारीमा भएको भार प्रेरण केन्द्रका प्रमुख सुरेश भट्टराईले बताए।