दिल्लीमा न्यानो कपडा बाँड्दै 'हाम्रो स्वाभिमान ट्रस्ट' - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

दिल्लीमा न्यानो कपडा बाँड्दै ‘हाम्रो स्वाभिमान ट्रस्ट’



नयाँ दिल्ली- हाम्रो स्वाभिमान ट्रस्टले नयाँवर्षको अवसरमा भारतको राजधानी दिल्लीमा गरिब तथा विपन्नहरूलाई न्यानो कपडा वितरण गरेको छ ।

दिल्लीको लोधि रोडस्थित साईबाबा मन्दिर लगायत विभिन्न स्थानमा लत्ता कपडा तथा कम्बल वितरण गरेको हो।

अहिलेको समयमा अत्यधिक मात्रामा बढेको जाडो र त्यसबाट प्रभावित विपन्न वर्ग र मजदुरहरूलाई जाडो कटाउन निकै नै गाह्रो हुने र कठ्याङ्ग्रिएर मृत्यु सम्मका भयावह परिस्थिति हुने गरेको छ ।

यस्तो अवस्थामा खुल्ला आकाश मुनि रात कटाउन बाध्य परिवारहरूलाई राहत होस् भन्ने उद्देश्यले लत्ता कपडा तथा कम्बल वितरण कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

विगतमा पनि हाम्रो स्वाभिमान ट्रस्टले भारत प्रवासमा नेपाली संस्कृतिको जगेर्ना गर्ने कार्यमा सक्रिय रहँदै आएको छ।

ट्रस्टले विगत केही वर्षदेखि गरिब तथा विपन्न वर्गहरूका लागि सहायता तथा लत्ताकपडा वितरण जस्ता परोपकारी कार्य गर्दै आइरहेको छ ।

ट्रस्टको महिला समितिद्वारा आयोजना गरिएको कार्यक्रममा संस्थाका महामन्त्री प्रेम क्षेत्री, महिला अध्यक्ष ललिता दत्त, उपाध्यक्ष अन्जु मल्ल, उत्तराञ्चल संयोजक मञ्जु कार्की तथा संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो।