अमेरिकाको मेरिल्याण्डमा अर्को विमान दुर्घटना - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

अमेरिकाको मेरिल्याण्डमा अर्को विमान दुर्घटना



एजेन्सी- अमेरिकामा अर्को विमान दुर्घटना भएको छ ।

अमेरिकाको मेरील्यान्डमा शहरभन्दा बाहिरको सबर्बमा आइतवार विमान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सानो आकारको विमान घरमा गएर ठोकिँदा विमानमा सवार एकजना व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

अपराह्न ३ बजे लानहाम नामक स्थानमा विमान ठोकिएर टुक्राटुक्रा भएको प्रिन्स जर्जेज काउन्टी फायर यान्ड इमर्जेन्सी सर्भिसेजका प्रवक्ता मार्क ब्रेडीले बताए ।

विमान र ठोकिएको घरमा आगो लागेको भए पनि त्यसलाई समयमै निभाइएले क्षति कम भएको जनाइएको छ ।

घरमा कसैलाई चोटपटक नलागेको संचारमाध्यामले जानेका छन् । घरमा त्यतिखेर कोही भए नभएको स्पष्ट छैन । विमानमा सवार मृतकको पहिचान खुलेको छैन ।

नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले घटनाको अनुसन्धान गर्ने अपेक्षा गरिएको ब्रेडीले बताए ।

उक्त घर कलेज पार्कमा रहेको विमानस्थलभन्दा तीन किलोमिटर पर छ ।