उत्तर प्रदेशमा तनाव: इन्टरनेट बन्द, सुरक्षा व्यवस्था कडा - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

उत्तर प्रदेशमा तनाव: इन्टरनेट बन्द, सुरक्षा व्यवस्था कडा



काठमाडौं- नागरिकता संशोधन विधेयकका विरद्ध भारतभर प्रदर्शन चर्केका बेला आज हुने जुमेको नमाजभन्दा पहिले उत्तर प्रदेशको अधिकांश क्षेत्रमा धारा १४४ लागु गरेर इन्टरनेट सेवा बन्द गरिएको छ ।

गत हप्ता नागरिकता संशोधन विधेयक र एनआरसीलाई लिएर व्यापक विरोध प्रदर्शन भएको थियो । जसकारण उत्तर प्रदेशका थुप्रै क्षेत्रमा यसअघि नै सुरक्षा सतर्कता बढाइएको थियो ।

प्रदेशका महानिर्देशक पीवी रामशास्त्रीले भने, ‘हामीले प्रदेशका केही जिललामा सुरक्षाकर्मी तैनाथ गरेका छौँ र मानिसहरुसँग कुरा पनि गरेका छौँ ।

८ जिल्लामा इन्टरनेट सेवा एक दिनका लागि बन्द गरेका छौँ । साथै हामी सामाजिक सञ्जालको पनि निगरानी गरिरहेका छौँ ।’

मेरठ, सीतापुर, कानपुर, गाजियाबाद, बिजनौर, फिरोजाबाद, अलीगढ लगायतका ठाउँमा इन्टरनेट बन्द गरिएको छ ।