१०० यात्रु बोकेको विमान दुर्घटना: उद्दार कार्य जारी - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

१०० यात्रु बोकेको विमान दुर्घटना: उद्दार कार्य जारी



एजेन्सी- कजाकस्तानमा १०० यात्रु बोकेको एउटा बिमान आज बिहान दुर्घटनामा परेको छ ।

बेक एयरको सो बिमान दुर्घटनामा परेको हो । अल्माटी बिमानस्थलबाट उड्नासाथै बिमान दुर्घटनामा परेको हो । विस्तृत समाचार आइसकेको छैन ।

इमर्जेन्सी सर्भिस पर्सनलहरु त्यहाँ तत्काल पुगेका छन् । ७ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । स्थानीय समय अनुसार बिहान ७ः२२ बजे सो बिमानले उचाइ गुमाएको थियो ।

बिमान दुई तले भवनमा झरेको थियो । फुटेजमा उद्धारको कार्य भइरहेको देखाइएको छ । एक जना महिलाले एम्बुलेन्स भन्दै कराइरहेको सुनिएको छ ।

सो बिमान कजाकस्तानको सबैभन्दा ठूलो शहर अल्माटीबाट राजधानी नुर्सुल्तानतर्फ जान लागेको थियो ।

अल्माटी बिमानस्थलले बिमानमा ९५ यात्रु र ५ क्रु मेम्बर रहेको जनाएको छ ।