अमेरिका बन्यो विश्वकै ठूलो तेल उत्पादक राष्ट्र - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

अमेरिका बन्यो विश्वकै ठूलो तेल उत्पादक राष्ट्र



एजेन्सी-अमेरिका विश्वकै ठूलो तेल उत्पादक मुलुक भएको छ ।

अमेरिकामा तेल उत्पादनमा भएको तीव्र विस्तारले दैनिक १ करोड २० लाख ब्यारेल तेल उत्पादन भएपछि यो मुलुक विश्वकै ठूलो तेल उत्पादक भएको होे ।

एक दशकभन्दा कमको अवधिमा देशको सेल आयलले दैनिक उत्पादनमा ८० लाख ब्यारेल तेल थपेपछि अमेरिका विश्वकै पहिलो नम्बरको तेल उत्पादक बनेको हो ।

उत्पादनको ठूलो जस परमियन बासिनलाई जान्छ । टेक्सास र दक्षिणपूर्वी न्यू मेक्सिकोकोे सिमानामा पर्ने यो क्षेत्र ८६ हजार वर्गमाइलमा फैलिएको छ ।

यो क्षेत्रले अमेरिकाको कच्चा तेलको उत्पादनको एकतिहाइ हिस्सा ओगटेको छ ।

पायोनियर न्याचुरल रिसोर्सेसका सिइओ स्कट सेफिल्डले सेलको क्रान्तिलाई स्वागत गरेका छन् । सुरु भएको झन्डै दुई दशकपछि कम्पनीले ६ लाख ८० हजार एकरको तेल र ग्यासको क्षेत्र एकठ्ठा भएको बताएका छन् ।

यसै साता सार्वजनिक गरिएको आपेकको वल्र्ड आयल आउटलुकका अनुसार सेलको वृद्धि लगातार हुनेछ र यसले अमेरिकाको तेल उत्पादन पाँच वर्षको अधिमा प्रतिदिन २ करोड ब्यारेल पुग्नेछ ।