सेलिब्रेटीलाई पछाडि पार्दै विराट कोहली फोब्र्सको पहिलो सूचिमा - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सेलिब्रेटीलाई पछाडि पार्दै विराट कोहली फोब्र्सको पहिलो सूचिमा



काठमाडौं- भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले कमाई अनि लोकप्रियताको विषयमा सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी र रोहित शर्मालाई पछाडि पारेको कुरा त सबैलाई थाहा छ ।

तर हालै फोब्र्सले सार्वजनिक गरेको १०० हस्तिको सूचिमा उनले अभिनेता सलमान खान, शाहरुख खान र अक्षय कुमार जस्ता बलिउड स्टारलाई पनि उछिनेका छन्।

फोब्र्स म्यागजिनले भारतको १०० हस्तिको सूचि प्रकाशित गरेको छ, जसमा विराट कोहली पहिलो नम्बरमा परेका छन्। पछिल्लो तीन वर्षसम्म यो सूचिमा सलमान खान थिए।

विराट खेलाडि भएर पनि फोब्र्सको सूचिमा पहिलो स्थानमा आउने पहिलो व्यक्ति भएका छन्।

म्यागजिनको अनुसार, यो सूचि विज्ञापनबाट हुने कमाई र व्यक्तिको लोकप्रियताको आधारमा बनाइन्छ। सन् २०१९ को सूचि पहिला अक्टोबर, सन् २०१८ को ३० सेप्टेम्बर र सन् २०१९ को समयमा भएको कमाई र प्रसिद्धिलाई आँकलन गरेर तयार पारिएको हुन्छ।

३१ वर्षका कोहलीको कमाई २२५ करोड ७२ लाख भारु भएको तथ्यांक छ। म्यागजिनका अनुसार कोहलीको यो वर्षको कमाईमा खेल खेलेको फि, विभिन्न कम्पनीको ब्राण्ड एम्बासिडर हुनु लगायतका शीर्षकहरु छन्। यस्तै कोहली इन्स्टाग्राममा हुने प्रत्येक प्रायोजित पोस्टको लागि १ करोड लिने गर्छन्।

अक्षय कुमार कमाईमा सबैभन्दा अगाडि
कमाईको कुरा गर्ने हो भने अभिनेता अक्षय कुमार पहिलो भएका छन्। उनको कमाई २९३ करोड २५ लाख रहेको छ।

धेरै कमाइ गरे पनि लोकप्रियताको सवालमा कोहलीलाई अक्षयले भेट्न सकेका छन्। त्यसैले उनी दोस्रो नंबरमा खस्केका छन्।

२२९ करोड २५ लाख भारु कमाईसहित अभिनेता सलमान खान सूचिको तेस्रो स्थानमा छन् । अमिताभ बच्चन र भारतीय पूर्व क्रिकेटर महेन्द्र सिंह धोनी चौथो र पाँचौँ स्थानमा छन्।

अभिताभको कमाई २३९ करोड २५ करोड रुपैयाँ छ भने धोनीको १३५ करोड ९३ लाख भारु कमाई छ। सूचिको छैठौँ र सातौँ स्थानमा शाहरुख खान र रणवीर सिंह छन्।

शाहरुखको यो वर्षको कमाई १२४ करोड ३८ लाख भारु रहेको छ भने, रणवीर सिंहको ११८ करोड रहेको छ।

शीर्ष १० हस्तिको सूचिमा दुई महिला अभिनेत्रीले स्थान पाएका छन्। यसमा ५९ करोड २१ लाख कमाईसहित अभिनेत्री आलिया भट्ट आठौँ स्थानमा छिन् भने दीपिका ४८ करोड रुपैयाँ कमाईसहित दशौँ स्थानमा छिन्।