फेवातालको पानीमुनिको जग्गा पनि व्यक्तिकै नाममा - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

फेवातालको पानीमुनिको जग्गा पनि व्यक्तिकै नाममा



काठमाडौं- सरकारी सम्पत्ति व्यक्तिका नाममा सारिएको अर्को भद्दा उदाहरण हो पोखराको फेवाताल अतिक्रमण।

वि.सं. ०१४ को सर्भेअनुसार २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको फेवातालमा अहिले नौ हजार नौ सय ५५ रोपनी जग्गा मात्रै छ।

नौ हजार नौ सय ३५ रोपनी जग्गा अभिलेखबाटै गायव भएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा किरण पोखरेल र गोविन्द सुवेदीले लेखेका छन्।

अभिलेखमा भएको २२ सय ३२ रोपनी जग्गा अतिक्रमण भएको छ। जसमध्ये १६ सय ९२ रोपनी गज्गा पानीमुनि छ।

पानीमुनि भएको ६७३ कित्ता जग्गाको लालपुर्जा लिएर व्यक्तिहरु बसेका छन्।

जग्गा फिर्ता लिन सरकारले गरेको पहलभन्दा अतिक्रमणकारीको अबरोध बलियो छ। त्यसैले फेवाताल वेसहारा बनेको छ।