पाकिस्तान सुपर लिगबाट सन्दीप लामिछाने 'आउट' - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

पाकिस्तान सुपर लिगबाट सन्दीप लामिछाने ‘आउट’



काठमाडौं- पाकिस्तान सुपर लिगबाट नेपाली लेग स्पिनर तथा युवा स्टार क्रिकेटर सन्दीप लामिछाने आउट भएका छन् ।

महङ्गो श्रेणीमा नाम दर्ता गराएका सन्दीपलाई पहिलो पटक यस्तो झट्का लागेको हो । सन्दीपले प्लाटिनम श्रेणीमा नाम दर्ता गराएका थिए ।

सन्दीप तीनै श्रेणीको ड्राफ्ट सकिदा समेत छनोट हुन सकेका छैनन् । सन्दीप लामिछाने डायमण्ड र गोल्डमा समेत छनोट नभएका कारण कतिपय खेलाडी समेत अचम्म परेका छन् ।

संसारनहरका महङ्गा लिगहरूमा महङ्गो मुल्यमा छनौट हुँदै आएका सन्दीप पहिलो पटक कुनै लिगबाट बाहिरिएका हुन् ।

अघिल्लो सिजन लाहोर कलान्दर्सबाट खेलेका थिए । सन्दीप पहिलो पटक बिक्री नभएका हुन् ।

५० हजार डलरमा कलन्दर्सबाट खेल्दै राम्रो प्रदर्शन गरेर अन्य फ्रेन्चाइजीमा समेत प्रभाव पार्न सफल थिए ।

तर, यसपटक एक लाख ४७ हजार डलरदेखि दुई लाख १८ हजार डलरसम्म पाउने प्लाटिनम क्याटोगोरीमा सन्दीपले नाम दर्ता गराएका थिए ।