बाटोको जोखिम र दुर्घटनाबारे पूर्व सूचना दिने टायर - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

बाटोको जोखिम र दुर्घटनाबारे पूर्व सूचना दिने टायर



काठमाडौं- टायर निर्माण कम्पनी पिरेलीले आधुनिक प्रविधिको सेन्सरको मद्दतले बाटोको अवस्था कस्तो छ भनेर थाहा पाउने टायरको निर्माण गरेको छ।

पिरेलीले डिजाइन गरेको यो टायरमा फइभ जी कनेक्ट गरेर बाटोको अवस्थाका बारेमा जानकारी लिन सकिने खबर आज शुक्रबार प्रकाशित भएको साप्ताहिकले छापेको छ।

योसँगै अन्तर्राष्ट्रिय टायर कम्पनीहरुमध्ये पिरेली यस्तो प्रकारको सेन्सर बनाउने पहिलो कम्पनी बनेको छ।

ड्राइभर तथा कार निर्माताहरुलाई मध्यनजर गर्दै यो सुविधाको विकास गरेको कम्पनीले जनाएको छ।

यो सेन्सरले बाटोमा हुने खतरा, खराब ग्रिप, बाटोको बारेमा जानकारी दिने छ ।