आज १९ खेलमा प्रतिस्पर्धा हुँदै - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

आज १९ खेलमा प्रतिस्पर्धा हुँदै



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन आज(शुक्रबार) १९ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

आज काठमाडौंमा एथ्लेटिक्स, बास्केटबल, क्रिकेट, गल्फ, कबड्डी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, लन–टेनिस, स्क्वास र फेन्सीङका खेलहरु हुनेछन् ।

यसैगरी पोखरामा आर्चरी, ब्याडमिन्टन, ह्यान्डबल, बिच भलिबल, भारोत्तोलन र क्रिकेटका खेलहरु हुनेछन् ।

सागको सहआयोजक शहर जनकपुरमा आजबाट कुस्तीका खेलहरु सुरु हुनेछन् । १३ औं सागमा आजबाट चार नयाँ खेल सुरु हुन लागेका हुन् ।

सागको छैटौं दिन आज ललितपूरमा बक्सिङ र स्क्वास, किर्तीपूरमा फेन्सीङ र जनकपूरमा कुस्ती खेल सुरु हुन लागेको हो ।