शरद भेषावकर नेपाली टोलीको कप्तान - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

शरद भेषावकर नेपाली टोलीको कप्तान



काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि बिहीबार माल्दिभ्सको टोलीले आज अभ्यास खेल खेल्दैछ । पुरुष क्रिकेट अन्तर्गत खेलिने उक्त अभ्यास खेलमा कप्तानी शरद भेषावकरले गर्ने छन्

मुलपानी क्रिकेट मैदानमा हुने अभ्यास खेल हुने जनाइएको छ । माल्दिभ्सले सागमा नपरेका नेपाली टोलीका खेलाडीसँग खेलाडीसँग अभ्यास खेल्ने छ । विहान ९ बजेपछि टि ट्वान्टी खेल सुरु हुने बताइएको छ ।

नेपाली टोलीमा शरदसँगै यू१९ का कप्तान रित गौतम, तीव्र गतिका युवा बलर नन्दन यादव, स्पिरन सागर ढकाल, शेर मल्ल, मन्जित श्रेष्ठ, सुनिल धमला लगातका खेलाडी माल्दिभ्सविरुद्ध मैदान उत्रने छन् । माल्दिभ्सको धेरै खेलाडी बारे नेपाली खेलाडीलाई जानकारी छैन । माल्दिभ्समा मोहम्मद रिजवान, अहमद हुसैन, उमर एडमले नेपाली बलरको डटेर सामाना गर्न सक्छन् ।

स्पिनर मोहम्मद महफुज माल्दिभ्सका कप्तान रहेका छन् । माल्दिभ्स आईसीसी टि ट्वान्टी वरियतामा ७६ औं स्थानमा छ ।