सुदूरपश्चिममा ५ दशमल ७ रेक्टर स्केलको भूकम्प - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

सुदूरपश्चिममा ५ दशमल ७ रेक्टर स्केलको भूकम्प



कैलाली । सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बेलुका ७ बजेर १५ मिनेटमा बझाङको पौवागढी केन्द्र बिन्दु बनाएर ५ दशमल ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

सुदूरपश्चिम प्रदेशसँगै भूकम्पको धक्का कर्णाली र प्रदेश ५ मा ठूलो भूकम्पको धक्का महसुस गरिएको छ। सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, डोटी, बैतडी, अछाम, बाजुरा, बझाङ, दार्चुला, कैलाली र कञ्चनपुरसम्म भूकम्पको धक्का महसुस गरिएको हो ।