भारतको नयाँ दिल्लीमा दलित समाज गठन - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

भारतको नयाँ दिल्लीमा दलित समाज गठन



नयाँ दिल्ली, ३  माघ ।

अन्तराष्ट्रिय दलित समाज भारतको दिल्ली राज्य परिषदको कार्यक्रम आईतबार सम्पन्न भएको छ । दिल्ली संयुक्त राज्य परिषद संयोजक रमेश शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अन्तराष्ट्रिय नेपाली समाज भारतका संयोजक मोहन राउत प्रमुख अतिथि रहेका  थिए ।

कार्यक्रममा अन्तराष्ट्रिय दलित समाज केन्द्रका सह–संयोजक प्रेम घताने बिक, अन्तराष्ट्रिय नेपाली समाज भारतका केन्द्रीय सचिव विरेन्द्र सिंह, अन्तराष्ट्रिय नेपाली विद्यार्थीसंघ संयोजक बादल बस्नेत, सचिव राजु भट्टराई, अन्तराष्ट्रिय युवा शक्ति दिल्ली राज्य संयोजक गणेश अधिकारी, अन्तराष्ट्रिय दलित समाज भारत दिल्ली राज्य संयोजक अशोक सार्की लगायतका अतिथिहरु रहेका थिए । ज्ञानु सार्कीको स्वागत मनतव्यसंगै सुरु भएको कार्यक्रमको संचालन राजु भट्टराईले गरेका थिए ।

सो कार्यक्रममा दलित समाजका केन्द्रका सह–संयोज   प्रेम घतानेले “अब हामीले दलितहरुको हक अधिकारका लागि हतियारको होइन विचारको संघर्ष गर्नु पर्छ भन्दै  नेपालको समृद्धिको लागि अन्तर्राष्ट्रिय  दलित समाजले जस्तो सुकै भूमिका  खेल्न तयार भएको  बताएका  थिए ।साथै नव निर्वाचित संयोजक अशोक शार्कीले  “हामीले सबै भन्दा पहिले आफ्नो सोच बदल्नु पर्छ त्यसपछि  मात्र हामी दलित हौँ भन्ने कुरा हाम्रो दिमागबाट हटाइदिनु पर्छ, अनि मात्र हामी हाम्रो हक अधिकारको लागि अगाडी बढ्न सक्छौँ।”भनेका थिए  ।

कार्यक्रमले अशोक सार्की संयोजक रहने गरी निम्नलिखित सदस्यहरु चयन गरेको छ । जसको सदस्यहरुमा शिवकुमार बिक, प्रेम बिक, प्रेम सुनार, रामबहादुर बिक, सुकुवा बिक र सुरज बिक रहेका छन् । यस्तै टंकबहादुर नेपाली, केकरबहादुर नेपाली, डम्मरसिंह सार्की, बृख सार्की, पदमा सार्की, लक्षिराम सार्की, दिप सार्की, गोविन्द सार्की, प्रकाश सार्की, विष्णा सार्की, हिरा सार्की, गालु सार्की, भवन सार्की, अंकत सार्की, कुम्भ सार्की र गगन सार्की लगायतका रहेका छन् ।