नेतालाई शासकबाट सेवक बन्ने सुनौलो अवसर - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

नेतालाई शासकबाट सेवक बन्ने सुनौलो अवसर



काठमाडौं । यतिबेला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि नेपालगञ्जबाट काठमाडौं फर्कने क्रममा भएको दुर्यवहार प्रकरणले मुलुक तातेको छ । कैलालीको टिकापुरमा आयोजना भएको डलफीन महोत्सब कार्यक्रम सकेर बुद्ध एयरबाट राजधानी आउने क्रममा शनिबार बेलुका उनीमाथि अभद्र व्यवहार भएको हो ।

आफ्नो लागि जनतालाई सास्ति दिएर प्लेन एक घन्टा ढीला उडाउन दवाव दिएको भन्दै केही युवा उनीमाथि आक्रोसित बनेका थिए । नेताले आफ्नो व्यक्तिगत स्वार्थका लागि प्लेन नै ढीला उडाउन दावाव दिएको उनीहरूको आरोप थियो ।

गाली गलौज गर्ने मध्यका एक थिए विमानका यात्रु ज्ञानेन्द्र शाही । उनले उक्त प्रकरणपछि ललितपुरमा पत्रकार सम्मेलन नै गरेका थिए । सोही ठाउँबाट शाही पक्राउ समेत परे । यद्धपी उनी आज छुटिसकेका छन् ।

तर मन्त्री भट्टराईले भने १ घण्टा नभई १५ मिनेट ढिला भएको जिकिर गरेका थिए । उनले सामाजिक सञ्जालमा राजधानी पुगेलगत्तै लेखेका थिए, ‘आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ र्फकने मेरो योजना रहेको थियो । तर, कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं र्फकने क्रममा केही ढिला हुन गएको सत्य हो ।’

उनीमाथि गरिएको अभद्र व्यवहारको भिडियो नै बनाइएको थियो । जुन सामाजिक सञ्जालमा राम्रैसँग भाइरल भयो ।

उनी त्यति विवादित हुनुको कारण हो उनी केही आशा गरिएका युवा नेताभित्र पर्छन् । आसा गरेकै नेताबाट रैति शैलीमा प्लेन नै रोकेको भन्दै जनता उनीमाथि निरास पनि भएका हुन सक्छन् । यसलाई उनीप्रतिको आक्रोस मात्र नभएर नेपाली राजनीतिप्रतिको जनताको वितृष्णा र नेतालाई सुध्रिने अवसरको रुपमा पनि लिन सकिन्छ ।

पर्यटन मन्त्रीको मौनता सभ्य कि, कमजोरी

पर्यटन मनन्त्रीमाथि अशिष्ट शब्द प्रयोग हुँदा पनि मौन रहे । कतिले उनलाई किन मौन रहेको पनि ठानेहोलान । तर भट्टराईको मौनताले एउटा राम्रो शन्देस के चाहिँ दियो भने उनले बोलेको भए वा बाँझिएको भए तत्कालिन अवस्थामा उनीमाथि बढी नै दुर्यवहार हुने थियो । या परिस्थितिले अर्कै रुप पनि लिन सक्थ्यो । उनले जनताको आक्रोसलाई पचाए । तर अपसब्ध प्रयोग गरेनन् । जुन तारिफयोग्य छ ।

उनीमाथि ‘तँ’ शब्दको प्रयोग भयो । हाम्रो पारस शाह (पूर्व युवराज) का विरुद्ध सात लाख हस्ताक्षर गरेर बुझाउने त होस्, त्यतिबेला हामीलाई कति पीडा भएको छ त्यसको हिसाब किताब त तसँग लिनै छ भन्ने सम्मको अभिव्यक्ति आउँदा पनि उनी मौन रहे । यसले उनी जनताको आक्रोस पचाउन सक्ने खालको नेताको रुपमा रहेको बुझ्न सकिन्छ ।

नेता सेवक कि रैति ?

यसले जनतामा नेता सेवक कि रैति भन्ने प्रश्न पनि उब्जाएको छ । समय परिवर्तनशिल छ । जनता जाकरुक भइसकेका छन् । यस्तो अवस्थामा जनताले के सही के गतल भनेर अवस्य नै छुट्याउँछन् । उच्च ओहदामा पुगेका व्यक्तिले जे गर्दा पनि हुन्छ भन्‍ने छुट कसैलाई छैन । जनतासँग मन नपरेको अवस्थामा नेतालाई झकझकाउने र आक्रोस पोख्ने अधिकार छ ।

नेताले पनि जनताको आक्रोसलाई बुझ्न सक्नुपर्छ । नेताले सधै सेवकको रुपमा प्रस्तु भए कहिले विवाद सिर्जना नै हुँदैन । तर, यहाँ उक्त परिपाटी नभएकै कारण समस्या सिर्जना हुने गरेको हो । राजाकै पालामा झै नेताले जनतालाई सास्ति मात्रै दिइरहने हो भने जनता अब सहने पक्षमा छैनन् भन्न‍े गतिलो उदाहरणको रुपमा पनि लिन सकिन्छ यसलाई ।

नेता सेवकको मानसिकतामा नआउँदासम्म यो परिपाटीको अन्त्य हुने छैन ।

जनता पनि सभ्य बन्ने की ?

लोकतन्त्र भन्दैमा अभद्र व्यवहार गर्ने छुट कसैलाई छैन । सबैले आआफ्नो अनुशासनको परिधिमा बस्नुपर्छ । जुन किसिमले मन्त्री भट्टराई माथि दुर्यवहार भयो त्यो कदापी ठिक मान्न सकिन्न । देशको मन्त्रीसँग विरोध गर्दा पनि कुन शैली अपनाउने भन्‍नेमा नागरिक पनि चुक्नु हुँदैन ।

अरुलाई अनुशासन र मर्यादाको परिधि सिकाउँदै गर्दा जनताले पनि मर्यादा कायम गर्नु आवस्यक हुन्छ । नेपालीको परम्परा, संस्कृति र पहिचान भनेको नै शुसभ्यता र मर्यादा पनि एक हो । यसलाई कायम गर्नु आम नागरिकको दायित्व हो ।

नेताले बुझ्नु पर्ने कुरा

अहिले जनता चनाखो भइसकेका छन् । पहिलेको जस्तो नेताको अन्धभक्त प्रवृतिमा विस्तारै कमि आइरहेको पनि यसले शन्देस दिन सक्ला । अर्को तर्फ अहिले जनता राजनीतिप्रति आक्रान्त छन् । जनताको नेताप्रतिको असन्तुष्टीले सीमा नाघेको छ । यो त्यही असन्तुष्टीको एक रुप पनि हुन सक्छ ।

यस घटनाबाट नेताहरूले तुस ब्यक्त गर्नुभन्दा पाठ सिक्नु नै उपयुक्त होला । अब जनताको भावना अनुसार काम गर्नेकि भन्ने तिर ध्यान दिर जरुरी छ । हैल भने यो आक्रोसले ठूलो रुप नलेला भन्न सकिन्न ।

यो घटनाले जनता र नेतालाई एकै पटक संदेश दिएको छ । जनता सभ्य बन्ने, अनुशाशित र मर्यादित नबनेसम्म ठुलो परिवर्तनको आशा गर्न सकिंदैन भने नेताले नेताहरूका लागि शासकबाट सेवक बन्ने सुनौलो अवसर हो । यदि यस्तो हुन सकेन भने यस्ता घटना दिनहुँ नहोलान भन्न सकिन्न ।