डेंगी संक्रमणका बिरामीको घरेलु उपचार यसरी गरौँ - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

डेंगी संक्रमणका बिरामीको घरेलु उपचार यसरी गरौँ



-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

  • ज्वरो तथा दुखाइको लागि पारासिटामोल मात्र खाने ।
  • शक्तिको लागि क्याप्सुलमा एन्टी अक्सिडेन्ट भिटामिन खान सकिन्छ।
  • प्रशस्त पानी, जीवनजल, फलफुल, फ्रेस जुस खाने।
  • मेवा, अनार, किवी, पालुंगो, काँक्रो प्रशस्त खाने।
  • प्लेटलेट घटेमा दिनको ३० मिलि मेवाको पातको जुस खाने।
  • बाख्राको दुध प्रतिदिन १ गिलास खाँदा डेंगुमा हुने सेलेनियमको कमी, जसले प्लेटलेट घटाउछ, मा फाइदा हुन्छ।
  • रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जोको रस वा पात खाने।
  • अम्बा वा अम्बाको जुस Tannis, vitamins, mineral हुन्छ।
  • स्याउ तथा स्याउको रस निकै उपयोगी हुन्छ।
  • नीमको पातले पनि प्लेटलेट बढाउछ।
  • हरियो सागपात, माछा, मासु, अण्डा र गहुँमा भिटामिन – के पाइन्छ, जसले रक्ताश्राब रोक्न मद्दत गर्छ।
  • मेथीको दाना भिजाएर खाँदा यसमा हुने Vitamins C & K, fiber, minerals आदिले रोगप्रतिरोधात्मक क्षमता बढाउछ।
  • दुधमा बेसार राखेर खाँदा एन्टी भाइरल औषधिको काम गर्छ।
  • तुलसीको पात तथा कालो मरिचमा प्रचुर एन्टी अक्सिडेन्ट तत्व हुन्छन।
  • जौंको जमराको रस पनि निकै फाइदाजनक हुन्छ।
  • सुन्तला, कागती, नरिवल पानी, सागसब्जी, फलफुल तथा प्रोटिन प्रशस्त पाइने खाना खाँदा फाइदा हुन्छ।
  • खीर रुचिकर तथा फाइदाजनक हुन्छ।
  • अदुवा, दालचिनी वा तेजपात आदि मिलाएको हर्बल चियाले फ्रेस बनाउँछ।
    — ( चिल्लो तथा पचाउन गाह्रो हुने खाना नखाने)

यी सबै एकैपटक खानुपर्छ भन्ने होइन। यी मध्ये जुन जुन उपलब्ध हुन्छ, त्यो सेवन गर्ने। डेंगीमा पानीको मात्रा कम भएमा सलाइनपानी दिने तथा गाह्रो भएमा अस्पताल भर्ना हुनुपर्दछ। यी घरेलु उपचारसंगै चिकित्सकको निगरानी र उपचार जारी राख्नुपर्छ।