पशुपतिमा आरती विवाद उत्कर्षमा, कारबाही गर्ने चेतावनी - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

पशुपतिमा आरती विवाद उत्कर्षमा, कारबाही गर्ने चेतावनी



काठमाडौं । पशुपतिनाथ मन्दिरमा गङ्गा आरती भन्दा अगाडी राष्ट्रगान बजाउने कि नबजाउने भन्ने विषयमा विवाद उत्पन्न भएको छ । सरकारको निर्देशनपछि आरती अगाडी बजाइँदै आएको राष्ट्रगान दुई दिनदेखि बन्द गरिएको छ ।

विवादकाबीच पशुपति क्षेत्र विकास कोषले भने राष्ट्रगान नबजाए आरति नै बन्द गरेर कोषको नेतृत्वमा नै आरति संचालन गर्ने चेतावनी दिएको छ। कोषले सरकारले दिएको निर्देशन नमाने सम्झौता रद्द समेतको चेतावनी दिएपछि बिबाद अझै बढ्ने अनुमान गरिएको छ ।

आरती सेवा सञ्चालक समितिले भने आइतबार र सोमबार रास्ट्रगान बिना नै आरति संचालन गरेको छ। संस्कृतिमन्त्री योगेश भट्टराईको निर्देशनपछी गङ्गा आरति अगाडी राष्ट्रगान गाउन सुरु गरिएको भएपनि सामाजिक सञ्जाल देखि बुद्धिजीवी सम्मले यसको बिरोध गरेकाले समितिले यस्तो निर्णय गरेको हो।

केहीदिन राष्ट्रगान बजाएर आरती सुरु गरेको र विभिन्न बुद्धिजीबी र संस्कृतिविद् सत्यमोहन जोशीले समेत आरतीका बेला आराधना मात्रै गर्दा राम्रो हुन्छ भनेपछि समितिले राष्ट्रगान नबजाउने निर्णय गरिएको समितिले बताएको छ।

उनीहरुले संवेदनशील धार्मिक क्षेत्रमा सरकारले अनावश्यक रुपमा हस्तक्षेप गरेको आरोप लगाएका छन् । राष्ट्रगान बजाउनुपर्ने भए आफूहरुले आरती नै बन्द गर्ने समितिले चेतावनी दिएको थियो ।