सिङ्गापुर जाँदा वामदेव गौतमलाई पनि डेंगु - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

सिङ्गापुर जाँदा वामदेव गौतमलाई पनि डेंगु



काठमाडौं– नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु रोग लागेको आशंका गरिएको छ ।

सोमबार टुकु अस्पताल पुगेका गौतमको डेंगु परीक्षण गरिएको थियो । उनलाई शनिबारबाट ज्वोरो आएको थियो । चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेका छन् । गौतम केही समय अगाडि सिंगापुर गएका थिए । उनलाई त्यहाँ संक्रमण भएको हुन सक्ने अनुमान चिकित्सकले गरेका छन् ।

सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ । यसअघि कृषिमन्त्री चक्रपाािण् खनाललाई पनि डेंगु देखिएको थियो ।