सरकारका कारण पशुपतिनाथमा गंगा आरती बन्द गर्ने तयारी - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सरकारका कारण पशुपतिनाथमा गंगा आरती बन्द गर्ने तयारी



काठमाडौं- पवित्र धार्मिकस्थल पशुपतिनाथ मन्दिरमा विगत ११ वर्षदेखि निरन्तर चलिरहेको गंगा आरती बन्द गर्ने तयारी भएको छ । सरकारले गंगा आरती अगाडी राष्ट्रगान बजाउन दबाब दिएपछि यस्तो परिस्थितिको सृजना भएको हो ।

सोमबार आकस्मिक रुपमा गंगा आरती सेवा सञ्चालक समितिको बैठकले सरकारले दिएको आदेशको अवज्ञा गर्ने समेत निर्णय गरेको छ।

सरकारका संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईले गंगा आरती अगाडी राष्ट्रगानबाट गर्नुपर्ने उर्दी जारी गरेपछि आर्यघाटमा हरेक दिन पार्थिव शरीरको अन्तेष्टि हुने र शोकाकुल आफन्तहरु असहज परिस्थितिमा पर्ने हुँदा त्यो आदेश फिर्ता लिन गरेको आग्रह मन्त्री भट्टराईले अस्वीकार गरेपछि अवज्ञा गर्न बाध्य भएको समितिले बताएको छ ।

समितिले सरकारले यस्तो दबाबदिइरहे आरती नै बन्द गर्ने चेतावनी पनि समितिले दिएको छ।