धर्मनिरपेक्ष नहटाए संविधान नै समाप्त पार्ने चेतावनी - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

धर्मनिरपेक्ष नहटाए संविधान नै समाप्त पार्ने चेतावनी



स्याङ्जा । विश्व हिन्दु महासंघ नेपाल जिल्ला शाखा स्याङ्जाले आयोजना गरेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले संविधानमा उल्लेख गरिएको धर्मनिरपेक्ष नहटाएमा संविधान समाप्त हुने बताएका छन् ।

सदियौंदेखि सनातन धर्मसँगै हिन्दुत्व जोडिएको मुलुक नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेर बनेको संविधान दिगो नहुने बक्ताहरुले बताएका हुन् ।

विश्व हिन्दु महासंघ नेपाल जिल्ला शाखा स्याङ्जाले आयोजना गरेको वालिङ नगर अधिवशेनको उद्घाटन समारोहमा अधिकांश हिन्दुत्व तागाधारी विद्धानहरुले नेपालीहरुको नासोको रुपमा रहेको हिन्दुराज्य हटाएर धर्मनिरपेक्ष लेखिदा करोडौ हिन्दुहरुको मन दुखेको बताएका थिए ।

नेपाली जनताको अभिमतालाई एकातिर धन्काएर ल्याएको धर्मनिरपेक्षता हामीलाई मान्य हुने छैन विश्वहिन्दु महासंघ नेपालका सल्लाहकार चिन्तामणि योगीले भने,“ दलिय भागण्डाका आधारमा नेपालको हिन्दुराज्य हटाएर धर्मनिरपेक्ष राज्य घोषण गर्ने अधिकार कसैले दिएको छैन ।”

प्रजातन्त्रदेखि लोकतन्त्रका निम्ति लडेका नेपाली जनतालाई झुक्काएर ल्याइएको संविधानबाट धर्म निरपेक्ष नहटाइएमा संविधान दिगो हुनेवाल छैन योगीले भने । गाई माता बचाउ, सिमाना बचाउ, नदी बचाउ तर धर्मको नाममा परिवर्तनको आगो निभाउ, योगीले भने,“धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि देश अस्थिर अवस्थामा घुमेको छ ।” संस्कृति हटे संस्कार हट्छ, संस्कार हटे धर्म हट्छ त्यसैले हाम्रो संस्कृति, संसकार र धर्म बचाउन सबै लाग्नु पर्छ योगीले भने । मुलुकलाई धर्म निरपेक्ष हटाएर हिन्दु राज्य घोषणा गर्न सबै एक हुनुपर्ने धारणा योगीको थियो ।

मुलुकमा हत्या, हिंसा, अत्याचार, बलात्कार, भ्रष्टाचार बढिरहेको भन्दै यसको अन्त्य नै हिन्दु संस्कार मात्रै हुने दावी उनीहरुको छ । कार्यक्रममा विश्व हिन्दु महासंघका बरिष्ठ उपाध्यक्ष खड्कराज पौडेलले जनताले हिन्दु राज्य हटाउन मत नदिएको जिकिर गर्दै आगामी दिनमा हिन्दु विरोधी उमेदवारलाई मत नदिन आग्रह गरे ।

हिन्दुराज्य राष्ट्रियतासँग गाँसिएको छ पौडेलले भने,“गौ हत्या गर्नेदेखि लिएर हिन्दुको संस्कृति प्रति दिनप्रतिदिन प्रहार भइरहेको छ ।” हिन्दु राज्य घोषणा नहुने समय सम्म हाम्रो लडाई निरन्तर रहने पौडेलले बताए । देशभरका हिन्दुहरुको मागलाई दलिय सरकारले पुरा नगरेमा आन्दोलनको आधीबेरी आउने चेतावनी पौडेलले दिए । दुईदिन अगाडी हिन्दुत्वको बर्खिलापमा वोलेका पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई समेत जेल हाल्न पौडेलले सरकारसँग माग गरे ।

कार्यक्रममा विश्वहिन्दु महासंघका सल्लाहकार चैतन्यकृष्ण महाराज, शंकरप्रसाद पाण्डे, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण, विश्व हिनदु महासंघ युवा संगठनका अध्यक्ष सागर थापा, केन्द्रिय सदस्य शंकर खराल, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, कास्कीका जिल्ला अध्यक्ष पार्वता पौडेल, जिल्ला अध्यक्ष हरीहर पाण्डे, सचिव पदमप्रसाद पाण्डे र कोषाध्यक्ष सरिता पौडेल लगायतका बक्ताहरुले विभिन्न बहानामा हिन्दु धर्ममाथीको प्रहार शैय नहुने बताएका थिए ।

विभिन्न जातजातीका झाक्री सहित नगरपरिक्रमा गरिएको थियो । नगर अधिवेसनले सीताराम अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।