सुपा देउरालीद्वारा लुधियानामा सांस्कृतिक कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

सुपा देउरालीद्वारा लुधियानामा सांस्कृतिक कार्यक्रम सम्पन्न



पंजाव /भारत

नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज सोमाबर देश भर विभिन्न कार्यक्रम गरी मनाउँदै गर्दा भारत पन्जाबको लुधियानामा पनि भव्य सांस्कृतिक कार्यक्रम गरी मनाइएको छ ।सुपा देउराली टुर एण्ड ट्रावलले वृहत तीज सास्कृतिक धमाका २०७६ सम्पन्न गरेको हो ।

लोक दोहोरी गायिका शर्मिला गुरुङ

तुलसी पौडेलको अध्यक्षता ,ओम प्रकाश परियारको संयोजकत्व र लुधियानाका विधायक सुरिन्द्र डावरको प्रमुख आतिथ्यता रहेको थियो ।युवा समाजसेवी विकास रेशमी ,संजय दास आदि अतिथिको रूपमा उपस्थित रहनु भएको थियो ।

अतिथिहरु संजय दास ,युवा समासेवी विकाश रेशमी

कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहनु भएको लोक दोहोरी क्षेत्रकी अग्रज गायिका शर्मिला गुरुङ स्टेजमा आउदा दर्शकको घुईचो बढेको थियो ।उहाले मौलिक तीज गीत पस्केर दर्शको झन् मन जित्नु भएको थियो ।साथै लोक दोहोरी प्रतिष्ठानका दिपक गरौजा मगर ,नन्दु परियार ,गायिका रिना केसी ,नृत्यकार अनुष्का शर्मा र प्रतिमा थापाले दर्शकलाई भरपूर्ण मनोरञ्जन दिएका थिए ।ऐलेसम्म भएका कार्यक्रमहरु भन्दा उक्त कार्यक्रममा दर्शकहरुको घुईचो अत्याधिक नै थियो ।

गायक दिपक गरौजा मगर आफ्नो प्रस्तुति दिदै

विगत लामो समयदेखि सुपा देउराली टुर एन्ड ट्राव्लसले भारतका बिभिन्न सहर नयाँ दिल्ली ,लुधियाना ,जालन्धर,हिसार, करनाल हिमाचल आदि देखि नेपाल आवत जावतको लागि सेवा दिँदै आएको छ ।उक्त ट्राव्लसले विगतका दिनमा पनि विभिन्न कार्यक्रम गर्दै आएको छ ।कार्यक्रमको सञ्चालन भने बाबुराम परियारले गरेका थिए ।

कार्यक्रम संयोजक ओम प्रकाश ,गायिका शर्मिला गुरुङ र अध्यक्ष तुलसी पौडेल
नृत्यकार अनुष्का शर्माद्वारा नृत्य प्रतुत गर्दै
लोक दोहोरी गायिका रिना केसी आफ्नो प्रस्तुति दिदै
लोकदोहोरी गायक नन्दु परियार आफ्नो प्रतुती पकस्दै
नृत्यकार प्रतिमा थापाद्वारा नृत्य प्रतुत गर्दै
लोक दोहोरी गायक खुमन जोशीले आफ्नो प्रस्तुति दिदै