मेडिकल कलेजविरुद्ध विद्यार्थीको संयुक्त आन्दोलन - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

मेडिकल कलेजविरुद्ध विद्यार्थीको संयुक्त आन्दोलन



काठमाडौं- सधै चर्किने बिषय चिकित्साशिक्षा, मेडिकल कलेज र नियमक निकायका मनपरीविरुद्ध विद्यार्थी संगठनहरूले संयुक्त आन्दोलन गर्ने भएका छन्। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको महाराजगञ्ज मेडिकल कलेजसहित विभिन्न मेडिकल कलेजका विद्यार्थीहरूले ७२ घण्टे अल्टिमेटम दिएर आन्दोलन गर्ने तयारी थालेका हुन्।

केहि दिनअघि नै विद्यार्थीहरूले संघर्ष समिति बनाएर आन्दोलनको चेतावनी दिएका थिए। विद्यार्थीहरूले आठ सुत्रीय मागसमेत अगाडि सारेका छन्।

चितवन मेडिकल कलेजमा अध्ययानरत विद्यार्थी प्रकाश चन्दको संयोजकत्वमा गठित संघर्ष समितिलाई महाराजगञ्‍जका स्वतन्त्र विद्यार्थी यूनियान, गण्डकी मेकिकल कलेज संघर्ष समिति, विद्यार्थी कल्याण परिषद् काठमाडौं विश्वविद्यालय, यूवा चिकित्सक संघ, नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी, जेएमसी संघर्ष समिति र नर्सिङ क्याम्पस महाराजगञ्जको स्वतन्त्र विद्यार्थी युनियानको साथछ।

उनीहरूले आइतबारदेखि नै विभिन्न विश्वविद्यालयका पदाधिकारीलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउँने र माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

विद्यार्थीहरूले चिकित्साशिक्षामा नेपाल सरकारले तोकेको शुल्क लागू गर्नुपर्ने, कलेजहरूले लिएका अतिरिक्त शुल्क फिर्ता गराउँनेगरी सरकारसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने, ऐनअनुसार सार्वजनिक मेडिकल कलेजमा ७५ प्रतिशत सिट छात्रवृतिको हुने व्यवस्था यसै वर्षदेखि लागु गर्नसमेत माग गरेका छन्।

विद्यार्थीहरूले भर्नामा मेरिट प्रणाली पूर्ण रुपमा लागू गर्नुपर्ने, बढी शुल्क लिने कलेजलाई कारबाही गर्नुपर्ने, छात्रवृतिमा पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क असुल्ने कलेजमाथि कारबाहीको माग गरेका छन्।

विद्यार्थीले यसअघि नै विभिन्न मेडिकल कलेजका प्रशासनमा तालाबन्दी, धर्नालगायतका कार्यक्रम सार्वजनिक गरिसकेका छन्।

फाइल फोटो