आत्महत्या उक्साहटमा नयाँ बहस - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

आत्महत्या उक्साहटमा नयाँ बहस



काठमाडौं- पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले नेपालको न्याय क्षेत्रमा नयाँ वहसको सुरुवात गरेको छ।

नयाँ मुलुकी संहिता जारी भएको एक वर्षमा एक सय ३२ यस्ता घटनामा परिवारका सदस्य, प्रेमी प्रेमिका तथा साथीभाइलाई आरोपी बनाएर मुद्दा चलाइएको थियो।

तर, पत्रकार पुडासैनीको आत्महत्यापछि रवि लामिछानेसहित तीनजना पक्राउ परेपछि जनप्रदर्शन भएको छ।

यसले सो कानुनमाथि नयाँ बहस सिर्जना गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा दीपेन्द्र अधिकारी, नवराज मैनाली र टेकराज थामीले लेखेका छन्।

रवि पक्षका कानुन व्यवसायीले मृतकले आत्महत्याअघि नाम लिएको भरमा कसैमाथि मुद्दा चलाउन नमिल्ने जिकरि गरेका छन्।

तर, अदालतले रविलाई पाँच लाख, उनका सहयोगी युवराज कँडेललाई तीन लाख धरौटीमा छाडेपछि उनका पक्षका अधिवक्ताले उच्च अदालत जाने स्पष्ट पारेका छन्।