नेकपा भित्र एक्लीए नेपाल ! - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

नेकपा भित्र एक्लीए नेपाल !



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नयाँ ध्रुविकरण देखा परेको छ । पार्टीमा मुख्य तीन धार (केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल) भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिदै आएका छन् ।

नेताहरूले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेलाबेलामा दुई धारको समीकरण बनाउँदै आएका छन् । साउन ३१ र भदौ १ मा बसेको सचिवालय बैठकपछि नेकपाभित्र नयाँ समीकरण निर्माण देखिएका हुन् ।

बैठकपछि अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू वामदेव गौतम, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल लगायत नेताहरूको एउटा कित्ता र वरिष्ठ नेता माधव नेपालको एक्लो कित्ता देखा परेको छ ।

सचिवालयकै नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ कतै खुलेका छैनन् । अर्का नेता रामबहादुर थापाले ओली–दाहाल एकतामै जोड गरेका छन् ।

नौ सदस्यीय सचिवालयको पछिल्लो समीकरणले वरिष्ठ नेता नेपाल एक्लो परेका मात्रै छैनन्, १५ महिनादेखि पार्टीमा रहँदै आएको तेस्रो मर्यादाक्रम पनि खोसिएको छ ।

‘पार्टीभित्रको शक्ति केन्द्रमा तरलीकृत हुने क्रम विगतदेखि नै भइरहेको छ । पछिल्लो सचिवालय बैठकबाट पार्टीमा नयाँ समीकरण देखा परेको छ,’ स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, ‘सचिवालयको निर्णयबाट सिनियर नेताहरूले कोसँग मिल्दा पार्टीभित्र आफूलाई सहज हुन्छ, उतैतिर मिलेर पोजिसन बनाउन खोजेजस्तो देखिएको छ ।’ समाचार अन्नपूर्ण पोष्ट्ले छापेकाे छ ।