वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नेकपामा फेरी लफडा - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नेकपामा फेरी लफडा



काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद एकाएक साम्य भएको देखिए पनि वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नयाँ विवाद सुरु भएको छ ।

पार्टी एकीकरणको १५ महिनापछि विधानविपरीत गौतमलाई उपाध्यक्ष बनाइएको र झलनाथ खनाललाई तेस्रो वरीयतामा ल्याउने तयारी भएपछि नयाँ विवाद सुरु भएको हो । स्रोतका अनुसार पार्टीभित्र देखिएको विवाद मिलाउन र जबजका पक्षमा बलियो मत बनाउन राष्ट्रपति भण्डारी आफैँ सक्रिय भएकी थिइन् ।

ईश्वर पोखरेलको बलमा मात्रै पार्टीको कार्यदिशा जबज बनाउन अलि अप्ठेरो पर्ने देखेर त्यसमा गौतमलाई सहभागी गराएपछि यो मत बलियो हुने आशाका साथ गौतम–पोखरेल समीकरण बनाइएको हो । नागरिक दैनिकबाट