जम्मु-कश्मीर तनाव:भाकपा नेता सीताराम येचुरी र डी राजा पक्राउ - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

जम्मु-कश्मीर तनाव:भाकपा नेता सीताराम येचुरी र डी राजा पक्राउ



काठमाडौँ— जम्मु-कश्मीरको तनाव बढिरहेका बेला त्यहाँ रहेका आफ्ना बिरामी नेतालाई भेट्न जाने क्रममा भारतका कम्युनिष्ट नेता सीताराम येचुरी र डी राजालाई गिरफ्तार गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव येचूरी र राजालाई कश्मीरस्थित श्रीनगरबाट प्रहरीले गिरफ्तार गरेको हो।

आफ्नो गिरफ्तारीबारे येचुरीले ट्विटमार्फत जानकारी गराएका छन्। येचुरीको पक्राउलाई लिएर भाकपाले भारतीय सरकारबाट गैरकानुनी कदम अघि बढेको भन्दै विरोध गरेको छ।

भ्रमण तय गर्नु अघि येचुरी र राजाले जम्मू -कश्मीरका गभर्नर सत्यपाल मलिकलाई छुट्टाछुट्टै पत्र लेख्दा पनि नियतबस आफूहरुलाई प्रहरीले नियन्त्रणमा लिएको उनीहरुको भनाइ छ।

यसअघि बिहीबार पूर्व मुख्यमन्त्री कांग्रेसका नेता गुलाम नवी आजादलाई पनि विमानस्थलबाट बाहिर जान रोक लगाइएको थियो।

भारतीय जनता पार्टी नेतृत्वको सरकारले सोमबार जम्मू —कश्मीरको विशेषाधिकार खारेज गर्न त्यससँग सम्बन्धीत संविधानको अनुच्छेद ३७० खारेज गरेपछि त्यसलाई लिएर तनाव सुरु भएको छ।

छिमेकी मुलुक पाकिस्तानले भारतसँगको व्यापार, हवाई, रेल लगायत सेवा बन्द गर्दै जम्मू —कश्मीरका लागि जे पनि गर्न तयार रहेको चेतावनी दिएको छ।

भारत सरकारले पनि उक्त क्षेत्रमा सुरक्षा अवस्था कडा बनाएको छ भने अधिकारबाट बञ्चित त्यहाँका जनतालाई स्वतन्त्रता प्रदान गर्ने आश्वासन दिएको छ।