पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफ की छोरी पक्राउ - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफ की छोरी पक्राउ



एजेन्सी- पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष मरियम नवाज सरीफलाइ पाकिस्तान जाँच एजेन्सी नेशनल एकाउन्टिबलिटी ब्‍यूरो (एनएबी)ले हिरासतमा लिएको छ।

मरियम चौधरीलाई चिनी मिलको मुद्दाबारेको कारण देखाउँदै हिरासतमा लिइएको बीबीसीले जनाएको छ। मरियमलाइ त्यस बखतमा हिरासतमा लिइयो जुन बेला उनी कोट लखपत जेलमा पूर्व प्रधानमन्त्री तथा आफ्नो बुवा नवाज सरीफसँग भेट्न गएकी थिइन्।दिउँसो तीन बजे एनएबीले मरियमलाइ हाजिर हुनको लागि भनेको थियो।

मरियमलाई एउटा प्रश्नावली दिइएको थिइयो जसमा चौधरी सुगर मिलको बारेमा थियो। ती सबै प्रश्‍नहरुको जवाफ मरियमलाई बिहीबारसम्‍मको समयसीमा दिइएको थियो। तर उक्त प्रश्‍नको जवाफ नदिएपछि उनलाई एनएबीको मुख्‍यालयमा लगिएको छ।