फ्रिज भन्दा माटोको भाँडामा राखिएको पानी बढी स्वस्थकर - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

फ्रिज भन्दा माटोको भाँडामा राखिएको पानी बढी स्वस्थकर



गर्मीमा धेरैजसोको रोजाइ चिसो पानी नै हुन्छ। गाउँघरतिर पानी चिसो पार्न अझै पनि माटाको गाग्रोमा पानी राख्ने चलन छ। शहरमा भने पानी चिसो पार्ने एक मात्र विकल्प हो फ्रिज।

फ्रिजको तुलनामा माटोको गाग्रो वा माटोको भाँडामा राखिएको पानी बढी स्वस्थकर हुन्छ।

फ्रिजमा पानी चिसो बनाउन प्लास्टिकका बोतल राखिन्छन्, जसका कारण प्लास्टिकका अशुद्धिहरू पानीमा जम्मा हुन्छन्। यसले धेरै किसिमका रोग निम्त्याउँछ।

फ्रिजको चिसो पानी पिउँदा घाँटी दुख्ने र जोर्नीको समस्याले सताउन सक्छ। यसको चिसो पानी पिउँदा पाचनशक्ति खराब हुन सक्छ।

माटोमा रोगसँग लड्ने धेरैथरी क्षमता हुन्छन्। माटोको भाँडोमा राखेको चिसो पानी पिउँदा स्वास्थ्यसम्बन्धी कुनै समस्या उत्पन्न हुँदैन।