संसदीय बैठक अबरुद्ध गर्ने कांग्रेसको यस्तो तयारी - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

संसदीय बैठक अबरुद्ध गर्ने कांग्रेसको यस्तो तयारी



काठमाडौं: आज दिउँसो १ बजेका बस्न लागेको संसदको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलले अबरुद्ध गर्ने तयारी गरेका छन्।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कुमार पौडेलको हत्याको विषयलाई लिएर बैठक अवरुद्ध गर्ने तयारी गरेका हुन् । पौडेलको हत्याका बारेमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेससहितका विपक्षी दलको माग छ । उनीहरुले यस अघि पनि यहि माग गर्दै संसद बैठक अवरुद्ध गरेका थिए।

तर, सरकार यसमा सहमत छैन। सरकारले इङ्काउन्टरमा पौडेल मारिएको दाबी गरेको छ ।