नेपाललाई सामान्य लक्ष्य : मलेसियाको मध्यम प्रदर्शन - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

नेपाललाई सामान्य लक्ष्य : मलेसियाको मध्यम प्रदर्शन



काठमाडौं । मलेसियामा जारी टी-ट्वान्टी अन्तराष्ट्रिय प्रतियोगितामा नेपाललाई मलेसियाले जितका लागि १२९ रनको मध्यम लक्ष्य दिएको छ ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनायो ।

वसन्त रेग्मीको १५ ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा बाउन्ड्रीलाइन नजिकै प्रदीप ऐरीले क्याच गर्नु अघि ४९ बलमा ७ चौका १ छक्का प्रहार गरे । त्यस्तै कप्तान अहमद फैजले ४५ रनको योगदान दिए । अन्तिम ओभरको दोस्रो बलमा ललित नारायण राजवंशीबाट क्याच आउट हुनुअघि ३९ बलमा २ छक्का प्रहार गरे ।

सोमपाल कामीले पहिलो ओभरको पाँचौ बलमा ओपनर सैद अजिजलाई शुन्यमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । सन्दीपले लामिछानेले सातौं ओभरको पहिलो बलमा फ्रिती सामलाई १२ रनमा करण केसीबाट क्याच आउट गराए । चौथो विकेटका लागि बसन्त रेग्मिले १७ ओभरको चौथो बलमा सफिक सरिफलाई २ रनमा आफैं क्याच आउट गरे ।

मोहम्मद सियाहदत ८ रनमा बोल्ड आउट भए । राम्रो सुरुवात गरेको मलेसिया अन्तिम ५ ओभरमा ३२ रन जोड्न ६ विकेट गुमाएपछि विशाल यागफल बनाउन चुकेको हो । नेपालका लागि करण केसीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।

वसन्तले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए ।

सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारीका लागि नेपालले मलेसियासँग खेलिरहेको हो । नेपालले मलेसियासंग दुई म्याचको टी–ट्वान्टी सिरिज खेल्ने छ ।

सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ ।