मलेसियाविरुद्ध नेपालले बलिङ गर्दै : यस्तो छ अवस्था - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

मलेसियाविरुद्ध नेपालले बलिङ गर्दै : यस्तो छ अवस्था



काठमाडौं : नेपाल र मलेसियाबीचको टी २० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेल आज हुँदैछ। किनरारा ओभलमा हुने खेलमा मलेसियाले टस जितेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

मलेसियाको कप्तानले टस जितेर पहिले ब्याटिङ रोजेका हुन्।

आइसीसी टी २० विश्वकप एसिया रिजन फाइनल क्वालिफायरको तयारीमा रहेको नेपालले आज र भोली मलेसियासँग दुई टी २० खेल खेल्न लागेको हो।

औंलाको चोटका कारण दिपेन्द्र सिंह ऐरीले आजको खेल खेल्ने छैनन। यस्तै पछिल्लो पटक नेपालले युएई विरुद्धको सिरिज जित्दा म्यान अफ दि म्याच बनेका अभिनाश बोहरा पनि आज पहिलो रोजाईँमा छैनन्।

नेपालले ५ महिनाअघि युएई विरुद्ध सिरिज खेल्दा तेस्रो टी २० खेलको टिममा आज चारपरिवर्तन भएको छ। पवन सर्राफ, दिपेन्द्र सिंह ऐरी, अभिनाश बोहराका साथै सन्दिप जोराले युएई विरुद्ध खेलेका थिए।

उनीहरुको स्थानमा प्रदिप ऐरी, शरद भेषावकर, रोहित कमार पौडेल र बसन्त रेग्मीले आज खेल्दैछन्। शरद युएई टुरमा सहभागि थिएनन्।

नेपालको प्लेइङ ११:

विनोद भण्डारी

पारस खड्का

ज्ञानेन्द्र मल्ल

शरद भेषावकर

प्रदीप ऐरी

रोहित कुमार पौडेल

सोमपाल कामी

करण केसी

बसन्त रेग्मी

सन्दीप लामिछाने

ललित नारायण राजवंशी