यसरी भयो भारतीय क्रिकेटको पतन - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

यसरी भयो भारतीय क्रिकेटको पतन



काठमाडौं । न्युजिल्याण्डको जनसंख्या करिब ५० लाख छ । बैङ्गलोरको जनसंख्याको लगभग आधा । यदी न्युजिल्याण्डको सबै भेडालाई जोडियो भने एक ब्यक्तिलाई सात भेडा भागमा पर्छन् । तर पनि उनीहरुको जनसंख्या भारतका धेरै राज्य भन्दा कमनै हुन्छ ।

न्युजिल्याण्डमा क्रिकेट भन्दा रग्बी लोकप्रिय छ । रग्बीमा क्रिकेटको तुलनामा धेरै पैसा, प्रतिभा र लोकप्रियता छ ।

अर्को तर्फ भारतको जनसंख्या करिब १ अर्व ३० करोड छ । र क्रिकेटको दुनियाँमा भारतको दबदबा छ ।

भारतसंग खेलाडी चयनको धेरै विकल्प छ । पैसा र स्टारडमसंगै वान डे क्रिकेटमा भारत विश्वकै नम्बर एक टिम समेत हो । जब न्युजिल्याण्डले सेमिफाईनलको खेलमा भारतलाई हरायो, दृष्य यस्तो एकतर्फी देखिदै थियो । भारत कतैबाट पनि न्युजिल्याण्डलाई टक्कर दिने अवस्थामा थिएन ।

भारतसंग स्टार थियो, न्युजिल्याण्डसंग टिम थियो । भारतीय टिमका कुनैपनि पर्दा पछाडीका ब्यक्तिले कर्पोरेट जगतको भन्दा धेरै पैसा कमाउछन् । तर न्युजिल्याण्डसंग अनावश्यक खर्च गर्नकालागि पैसा छैन ।

अर्कोतर्फ भारतसंग धेरै राम्रा ब्याट्सम्यान समेत थिए । भारतसंग राम्रा बलर थिए । रोहित शर्मा जस्ता खेलाडी थिए । जसले एकै प्रतियोगितामा एक्लै ५ शतक प्रहार गरेका थिए । न्युजिल्याण्डसंग केन विलियम्स मात्र प्रमुख ब्याट्सम्यान थिए । उनले न्युजिल्याण्डले बनाएको कुल रनको एक तिहाई रन एक्लै बनाएका छन् ।

ईङ्ल्याण्ड पुगेर भारतीय खेलाडीलाई हौसला प्रदान गर्ने प्रशंसकको संख्या समेत धेरै थियो । न्युजिल्याण्डका कमेन्टेटर भने आफ्ना समर्थकको नाम बोलाउन सक्ने अवस्थामा थिए ।

दुई टिमबीच यति धेरै असमानता हुदाँ समेत न्युजिल्याण्डले खेल जित्यो । यही खेलले भारतीय टिम भित्र भुँईचालो गएको छ । सायद केही अनुहार बदलिने छन् । केहीले सन्यासको घोषणा गर्नेछन् ।

भारतले नराम्रो खेलेको होईन तर योजना विहिन खेल्यो । दुई घाटक बलमा दुई राम्रा ब्याट्सम्यान आउट हुन पुगे । पहिला रोहित शर्मा आउट भए । जसले यसअघि पाँच शतक प्रहार गरेका थिए । दोस्रो विराट कोहली थिए, जो वान डे क्रिकेटको विश्व वरियतामा नम्बर एक ब्याट्सम्यान थिए । यसपछि १२ ओभर अगाडीनै भारत खेलमा फसिसकेको थियो ।

रविन्द्र जडेजा जति बेलासम्म रहे, त्यही समयसम्म मात्र भारतले खेल बनाउन सक्यो । महेन्द्र सिंह धानीले विकेट बचाएर खेलेका थिए । उनी समेत जडेजा जाने बित्तिकै रन आउट हुन पुगे । धोनी आउट भएपछि भारतसंग केही चिज समेत बचेन ।

जडेजासंग १ सय १६ रनको साझेदारी गर्दा धोनीले ४५ बलमा ३२ रन बनाएका थिए । र जडेजाले ५९ बलमा ७७ रन बनाएर शानदार ईनिङ्स खेलेका थिए ।

यस साझेदारीमा २० यस्ता बल थिए, जसमा कुनै रन बन्न सकेन । अन्तिम ३ ओभरमा जितका लागि ३७ रन आवश्यक थियो । भारत लक्ष्यसम्म पुग्नका लागि निकै कठिन अवस्था सिर्जना भईरहेको थियो ।

असफल योजना

यो यस्तो खेल हो, जहाँ न्युजिल्याण्डले जितेको छ । तर भारतले हारको हैन । विलियम्सको विकेटको आकलन एकदमै सही निस्कियो । र ब्याटिङमा गरिने प्रयोगको कुनै अर्थ भनेर सन्देश टिमले दिएको थियो ।

तरपनि २ सय ४० रनको लक्ष्य भारतका लागि कुनै ठुलो स्कोर होईन । न्युजिल्याण्डका तिव्र गतिका बलर म्याट हेनरी र ट्रेन्ट बोल्टको बलिङले २ सय ४० को स्कोर कुनै सानो लक्ष्य होइन भनेर भनिसकेको थियो ।

यसका साथ लेफ्ट आर्म स्पिनर मिच सैन्टनरले भारतका मध्यक्रमका ब्याट्सम्यानलाई आउट गर्ने काम गरे । न्युजिल्याण्डले जसरी खेल प्रर्दशन ग¥यो । उसले विश्वकप जित्न सक्ने क्षमता प्रर्दशन गरेको छ ।

खराब छनोट

भारत यस प्रतियोगितामा मुख्य रुपमा तीन ब्याट्सम्यान र तीन बलरमा निर्भर रहेको थियो । ती सबै विश्वस्तरीय थिए । मध्यक्रमलाई भारतले कहिल्यै राम्रो बनाउने सोचेन । नम्बर ४, ५ र ६ को ब्याट्सम्यानमा सधै अनिश्चितता कायम रह्यो ।

तीन ब्याट्सम्यान पहिलो पटक विश्वकप खेलिरहेका थिए । उनीहरुले भारतको कुल स्कोरको दुई तिहाई रन बनाए । जडेजालाई विश्वकपमा उपेक्षा गरिएको थियो तर उनैले अन्तिम समय सम्म भारतको सम्भावनालाई जिवित राखेका थिए ।

यस विश्वकपमा भारतले खेलाडी छनोट सही तरिकाले गरेन । चयनकर्ताले चार नम्बरको ब्याट्सम्यानको सम्भावना खोज्नै सकेनन् । भारतले पछिल्लो विश्वकपदेखि चारदेखि सात नम्बरसम्म २४ खेलाडीलाई प्रयोग गरेको थियो । प्रतिभाको कमी थिएन । तर चयनकर्ताले त्यसको छनोट गर्न सकेनन् ।

न्युजिल्याण्डलाई हल्का रुपमा लिनु

भारतीय प्रशंसक र मिडियाले राष्ट्रवादको चर्को नारा सहित भारतीय टिमको प्रशंसा गरेका थिए । तर खेलाडीले कसरी लिए ? पहिलो दिन बर्षाका कारण खेल रोकिएपनि न्युजिल्याण्डले ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

बर्षाका कारण बाँकी खेल बुधबार तय भएको थियो । दोस्रो दिन न्युजिल्याण्डले २३ बलमा २८ रन बनायो । यसबाट भारतले ब्याटिङ सहज हुने बुझेको थियो । तर भारतले कमजोर मध्यक्रमको मुल्य चुकाउन प¥यो । जडेजालाई छाडेर भारतीय टिमलाई यस हिसाबले कमजोर देखियो ।

यसले नतिजा न्युजिल्याण्डको पक्षमा गयो । न्युजिल्याण्डको अगाडी सबै कुरामा अगाडी देखिएपनि भारतीय टिमले हार स्विकार्न बाध्य भयो ।

(बीबीसी हिन्दीबाट अनुवाद)