नेयमारलाई जरिवाना : बोनस पनि रोकिने - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

नेयमारलाई जरिवाना : बोनस पनि रोकिने



एजेन्सी – क्लबको अभ्यास सुरु हुँदा सामेल नभएका आफ्ना सुपर स्टार नेयमारलाई पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जरिवाना गर्ने भएको छ । उनलाई ३ लाख ४० हजार पाउन्ड जरिवाना गर्ने बताइएको छ । नयाँ सिजनका लागि क्लबको अभ्यास सोमबार सुरु भएको थियो ।

जुलाईका लागि प्राप्त गर्ने बोनस रकम कारवाही स्वरुप कटाइन लागिएको हो । राम्रो व्यवहार भएमा खेलाडीले बोनस पाउने र त्यस्तो हुन नसके जरिवाना रकम च्यारिटीमा जाने क्लबको नीति रहेको छ । दुई सिजन अघि बार्सिलोनाबाट पिएसजी पुगेका नेयमार क्लब छाड्न चाहिरहेको हल्लाका बीच उनलाई जरिवाना गरिएको छ ।

‘समयको महत्वलाई सबै पालना गनुपर्दछ । त्यो अभ्यासका क्रममा पनि देखिनुपर्दछ’, क्लबले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘व्यवहार पनि बोनस पाउने नपाउने विषयको एउटा पक्ष हो ।’

अभ्यासमा ढिला सामेल भएका कारण सर्ज औरिएर, एड्रिडन रोबिओट, इडिन्सन काभानी, मार्को भेराट्टी लागयत अन्य खेलाडीको पनि विगतमा बोनस रकम काटिएको थियो । यद्दपी त्यो जरिवानाले नेयमारको वार्षिक कमाईमा भने खासै फरक पर्नेछन् । उनले बार्षिक ३४ मिलियन युरोको आम्दानी गर्ने अनुमान गरिएको छ ।