कोहलीले भने : ऋषव पन्त र धोनीको गैरजिम्मेवारीले खेल हारियो - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

कोहलीले भने : ऋषव पन्त र धोनीको गैरजिम्मेवारीले खेल हारियो



एजेन्सी– भारतलाई हराउँदै न्युजिल्याण्ड आइसीसी क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा न्युजिल्याण्डले भारतलाई १८ रनले पराजित गरेको हो । जीतका लािग २४० रनको लक्ष्य पाएको भारतले निर्धारित ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २२१ रन मात्र बनाउन सक्यो ।

६ विकेटको क्षतिमा ९२ रनको खराब स्थितिबाट महेन्द्र सिंह धोनी र रवीन्द्र जडेजाले शतकीय साझेदारी गरे पनि जीत दिलाउन सकेनन् । जेडेजाले विस्फोटक ब्याटिङ गर्दै मात्र ५९ बलमा ७७ रन बनाए । यस क्रममा उनले ४ चौका र ४ छक्का हिर्काए । त्यस्तै, धोनीले ७२ बलमा ५० रनको योगदान दिए । उनले १ चौका र एक छक्का हिर्काए ।

भारतीय कप्तान विराट कोहलीले यो हारमा लज्जाबोध भएको र हार स्वीकार गर्न नसकेको बताएका छन् । उनले खेललाई ऋषव पन्त र धोनीले राम्रो ट्रयाक दिन नसक्दा हार बेहोर्नुपरेको बताएका छन् । खेल सकिएलगत्तै विक्षिप्त बनेका कोहलीले  प्रशिक्षक र खेलाडीहरूसंग कुरा गर्दै भनेका छन् ‘म सुरुमै निरिह बनें त्यसपछि ऋषव र धोनीले सहि दिशा दिन सक्लान भनेको थिएँ उनीहरुबाट त्यो भएन ऋषवले जिम्मेवारी राम्रोसंग निभाएको देखिएन ।

उनि प्याभिलीयन मै हुँदा ऋषवखेलिरहेको बेला पटक पटक मुर्मुरिएका थिए । उनलाई आफुले खेल्न नसकेकोमा कुनै पश्चाताप थिएन तर अरुले खेल्दा भने आगो बनिरहेका थिए ।

खेलमा रिसभ पन्त र हार्दिक पाण्डेयले समान ३२ रन बनाएका थिए  । भारतको सुरुवात निकै खराब भएको थियो । भारतले ५ रनमा शीर्ष ३ ब्याटसम्यानलाई गुमाएको थियो । कप्तान विराट कोहली, रोहित शर्मा र केएल राहुलले एक–एक रन मात्र बनाउन सके । ३० ओभरमा ९२ रन हुँदा भारतले ६ विकेट गुमाइसकेको थियो । न्युजिल्याण्डका लागि म्याट हेनरीले ३ तथा मिचेल स्यान्टनर र ट्रेन्ट बोल्टले २–२ विकेट लिए ।

यसअघि न्युजिल्याण्डले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएको थियो । न्युजिल्याण्डका लागि रस टेलरले सर्वाधिक ७४ रन बनाए भने कप्तान केन विलियमसनले ६७ रनको योगदान दिए । टेलरले ९० बल खेल्दै ३ चौका र एक छक्का हिर्काएका थिए भने विलियमसनले ६ चौका हिर्काए । त्यस्तै, हेनरी निकोलासले २८ रन बनाए ।

भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए भने जसप्रित बुमराह, हार्दिक पाण्डेय, रवीन्द्र जडेजा र युज्वेन्द्र चाहालले एक–एक विकेट लिए ।