गम्भीरले भने : कोहली त खत्तम छन् - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

गम्भीरले भने : कोहली त खत्तम छन्



एजेन्सी – सक्रिय क्रिकेटबाट संन्यास लिएपछि राजनीतिमा होमिएका पूर्व भारतीय क्रिकेटर गौतम गम्भीर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बिसिसिआई)का नयाँ आलोचक बनेर निस्केका छन्।

गम्भीर बिसिसिआइसँगै भारतीय कप्तान विराट कोहलीका पनि कटु आलोचक हुन्। उनले खुलेर कोहलीको आलोचना गर्ने गरेका छन्। उनले सदैव कोहलीको कप्तानी क्षमतामा प्रश्न र आलोचना गर्ने गरेका छन्। उनको नजरमा विराट गतिला कप्तान होइनन्।

उनका अनुसार टोलीमा रहेका पुर्व कप्तान महेन्द्र सिंह धोनीका कारण मात्र कोहलीले खेलमा सहि निर्णय लिन सकिरहेको बताए।

उनको आरोप छ- धोनी नहुँदा हुन् त विराटको कप्तानी तल्लो स्तरमा पुगिसक्थ्यो।

उनले त्यसको श्रेय धोनीसँगै रोहित शर्मालाई समेत दिएका छन्।

‘रोहितले विश्वकपमा ठूलो स्कोर बनाइरहेका छन्, त्यसैले विराटको काम सजिलो भइरहेको छ’, उनले भने।

विश्वकपको ठीक अगाडि सम्पन्न भएको आईपिएका दौरान पनि गम्भीरले विराटको कप्तानीमाथि पटकपटक प्रश्न गरेका थिए।

उनले कोहि खेलाडीले उपाधि नजिति ८-१० वर्ष कुनै टोलीको कप्तान भइराख्छ भने उसको कप्तानीमा प्रश्न उठाइनुपर्छ भन्दै कोहलीको आलोचना गरेका थिए।

विराटले आईपिएलमा रोयल च्यालेन्जर्स बेङलोरको कप्तानी गर्दै आइरहेका छन्। यस सिजनमा उसले खराब नतिजाका साथ सिजनको समापन गरेको थियो।

गम्भीरले यसअघि युवराज सिंह तथा अम्बाती रायडुको सन्यासप्रति पनि प्रश्न गरेका थिए। उनले यसक्रममा बिसिसिआई र त्यसका चयनकर्ताहरूको नियतमा प्रश्न गरेका थिए।

उनले अम्बाती रायडुको सन्यासमा चयनकर्ताहरू जिम्मेवार हुनुपर्ने बताउँदै चयनकर्ताले धेरै महिनासम्म रायडु ४ नम्बरमा खेल्नुपर्छ भन्दै विश्वकपको रिजर्भ टोलीमा राखेर खेलाडी घाइते भएपछि उनको सट्टा अर्को खेलाडीलाई खेल्न बोलाएको भन्दै आलोचना गरेका थिए।

गम्भिरको साथमा इङ्ल्याण्डका पूर्व स्पीनरको नजरमा पनि विराटको कप्तानी धोनीका कारण राम्ररी चलिरहेको छ।

उनको विचारमा कयौं अवसरमा विराट आफ्नो स्वभावविपरित ‘कुल’ देखिने गरेका छन् जसको कारण धोनी हुन्।

यस्तो हुनुमा धोनी कप्तानीका मामिलामा जति अनुभवी छन् त्यति नै शान्त पनि।