भारतको भाग्य बदल्ने ३ खेलाडी : जसले विश्वकप जिताउन सक्छन् - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

भारतको भाग्य बदल्ने ३ खेलाडी : जसले विश्वकप जिताउन सक्छन्



एजेन्सी – इङ्ग्ल्यान्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा भारत उपाधीनजिक छ । तेस्रो पटक विश्वकप जित्ने धुनमा रहेको भारतले आज फाइनल प्रवेशका लागि न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल खेल आज दिउँसो ३:१५ देखि चलिरहेको छ।

भारत लिगको शीर्षस्थान र न्युजिल्यान्ड चौथो स्थानमा रहेर सेमिफाइनल खेल्न लागेका हुन् । लिग चरणको खेलमा वर्षाको कारण भारत र न्युजिल्यान्डले अङ्क बाँड्नु परेको थियो । न्युजिल्यान्डले पाकिस्तानलाई नेट रनरेटमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको हो । भारतले लिग चरणमा इङ्ग्ल्यान्डसँगको खेलमा मात्रै पराजित हुँदा अन्य सबै टोलीलाई सहजै हराएको छ । यता न्युजिल्यान्ड अस्ट्रेलिया र इङ्ग्ल्यान्डसँग पराजित भएको थियो ।

त्यसअघि वामअर्प खेलमा भने न्युजिल्यान्डले भारतलाई ६ विकेटले पराजित गरेको थियो । सम्रग नतिजा हेर्दा न्युजिल्यान्डभन्दा भारत तुलनात्मक रूपमा बलियो पनि देखिन्छ । न्युजिल्यान्ड सन् २०१५ को उपविजेता हो । भारत सन् २०११ को च्याम्पियन टोली हो । भारतले जारी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै उपाधीमा बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

हेड टु हेडमा न्युजिल्यान्डभन्दा भारत अघि छ । कुल १ सय ६ वान डे खेलमा भारत ५५ खेलमा विजयी हुँदा ४५ खेलमा पराजित भएको छ । ५ खेल नजिताविहीन छ । एक खेल बराबरीमा सकिएको छ । गत फ्रेबुअरीमा भारतले न्युजिल्यान्डलाई उसकै घरेलु मैदानमा पाँचवटा वान डे खेलमा ४–१ ले पराजित गरेको थियो । त्यसैले पनि भारतको मनोबल उच्च छ । मध्यक्रम र तल्लोक्रमको ब्याट्सम्यान भने भारतको कमजोरी पक्ष हो । भारतको जितमा शीर्षक्रमका ब्याट्सम्यान रोहित शर्मा र विराट कोहलीको प्रर्दशन निर्णायक बन्दै आएको छ ।
विश्वकपमा भारत र न्युजिल्यान्डबीच कुल ८ खेल भएका छन् । त्यसमा न्युजिल्यान्ड ४ र भारत ३ खेलमा विजयी भएका छन् । एउटा खेल वर्षाको कारण रद्ध भएको छ । यी तीन खेलाडी जसले आफ्नो उत्कृष्ट प्रर्दशनमा न्युजिल्यान्डमाथि सहज जित निकाल्दै सहजै भारतलाई फाइनलमा पुऱ्याउन सक्छन् :

३. विराट कोहली (ब्याट्सम्यान)
भारतीय टिमका कप्तान तथा प्रमुख ब्याट्सम्यान विराट कोहलीलाई रन मेसिन पनि भन्ने गरिन्छ । कोहली टोलीको आवश्यकता अनुसार आक्रामक र रक्षात्मक दुवै शैलीमा ठूलो इनिङ खेल्न सक्छन् । कोहलीका नाममा सर्वाधिक छिटो १० हजार रन पुरा गर्नेदेखि थुप्रै विश्व कीर्तिमान छन् ।

आधुनिक क्रिकेटमा नम्बर वान ब्याट्सम्यानको छवि बनाएका उनले आफ्नो उत्कृष्ट लयलाई विश्वकपमा पनि निरन्तरता दिएका छन् । उनले ८ खेलमा ५ अर्ध शतकसहित कुल ४ सय ४२ रन बटुलेका छन् । कोहलीले अष्ट्रेलिया, पाकिस्तान, अफगानिस्तान, वेस्टइन्डिज र इङ्ग्ल्यान्डसँगको खेलमा क्रमश: ८२, ७७, ६७, ७२ र ६६ रन जोडेका थिए ।

कोहली विश्वकपमा पहिलो शतकको पर्खाइमा छन् । कोहलीले २ सय २७ वान डे इनिङमा ४१ शतक र ५४ अर्ध शतक सहित कुल ११ हजार २ सय ८५ रन बनाइसकेका छन् । विराट जारी विश्वकपमा ठूलो इनिङको पर्खाईमा छन् । उनले आफ्नो प्रर्दशनमा भारतको जित पक्का गर्न सक्छन् ।

२. जसप्रित बुमराह (बलर)

तीव्र गतिका बलर जसप्रित बुमराहलाई आधुनिक क्रिकेटमा तीनै फर्म्याटका खेलमा सर्वोत्कृष्ट बलर मानिन्छ । बुमराहको मुख्य विशेषता योर्कर बल हो । बुमराहले पावर प्ले र डेथ ओभरमा भारतको बलिङ सम्हाल्दै आएका छन् । यस विश्वकपमा उनले ८ खेलमा १७ विकेट लिइसकेका छन् । उनले ५७ वान डे खेलमा १ सय २ विकेट लिएका छन् ।

बुमराहको बलमा धेरै ब्याट्सम्यान रन बटुल्न भन्दा पनि रोक्नमा नै ध्यान दिन्छन् । उनको बलमा रन जोड्न ब्याट्सम्यानलाई सहज देखिँदैन । योर्करका माहिर बुमराहले आफ्नो उत्कृष्ट प्रर्दशनमा भारतलाई सहजै फाइनमा पुऱ्याउन सक्छन् ।

३. रोहित शर्मा (ओपनर)

भारतीय टोलीका ओपनर रोहित शर्मा अदभुत क्षमता भएका ब्याट्सम्यान हुन् । रोहितले जारी विश्वकपमा ५ शतक प्रहार गर्दै विश्व रेकर्ड कायम गरेका छन् । उत्कृष्ट लयमा रहेका रोहितलाई रोक्न न्युजिल्यान्डका बलरलाई सहज पक्कै हुने छैन । रोहितको प्रर्दशन भारतको लागि महत्त्वपूर्ण हुने छ । रोहितले यस विश्वकपमा ८ खेलमा ५ शतक र १ अर्ध शतक सहित कुल ६ सय ४७ रनका साथ शीर्षस्थानमा छन् ।

उनले दक्षिण अफ्रिका, पाकिस्तान, इङ्ग्ल्यान्ड, बङ्गलादेश र श्रीलङ्काससँगको खेलमा शतक प्रहार गरेका थिए । उनी ठूला सर्ट र इनिङको लागि परिचित छन् । आफ्नो एक्लो इनिङमा भारतको जित पक्का गर्न सक्छन् । रोहित वान डे क्रिकेटमा तीन पटक दोहोरो शतक प्रहार गर्ने एक्लो ब्याट्सम्यान हुन् । रोहितले २ सय ८ वान डे इनिङमा २७ शतक र ४२ अर्ध शतक सहित कुल ८ हजार ६ सय ५७ रन बनाईसकेका छन् । रोहितले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिए भारत सहजै रूपमा फाइनलमा पुग्न सक्छ ।