न्युजिल्याण्डको अत्यन्त खराब सुरुवात - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

न्युजिल्याण्डको अत्यन्त खराब सुरुवात



एजेन्सी । भारतविरुद्ध ब्याटिङ गरिरहेको न्युजिल्याण्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा खराब सुरुआत गरेको छ ।

टस हारेर पहिला ब्याटिङ रोजेको न्युजिल्याण्डले १० ओभरको समाप्तिमा १ विकेटको क्षतिमा २७ रन मात्र जोडेको छ । तेस्रो ओभरको ५ औं बलमा खाता खोलेको न्युजिल्याण्डले लगत्तै पहिलो विकेट गुमाएको हो । ओपनर मार्टिन गुप्टीले १४ बलमा १ रन जोड्दै जसप्रित बुम्रराहको बलमा कप्तान विराट कोहलीमार्फत क्याच भए ।

सुरुआती विकेटपछि दबाबमा रहेको न्युजिल्याण्डको इनिङ्स हेनरी निकोलस र कप्तान केन विलिम्सनले सम्हालिरहेका छन् । यी दुई टोली जारी विश्वकपमा पहिलो पटक आमनेसामने भइरहेका छन् । लिग चरणको खेल वर्षातका कारण रद्द गरिएको थियो ।