नेपाल बन्यो च्याम्पियन : हङकङको लज्जास्पद हार - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

नेपाल बन्यो च्याम्पियन : हङकङको लज्जास्पद हार



काठमाडौं । नेपालले एसीसी यु-१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियामा भएको प्रतियोगितामा हङकङलाई पराजित गर्दै नेपाल प्रतियोगिताको उपाधि उचालेको हो ।

हङकङलाई हराउँदै उपाधि जितेको नेपाल यु-१९ एसिया कपमा छनोट भएको छ ।

९६ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

ओपनर रित गौतमलाई १३ रनमा गुमाएको नेपालको ईनिङ्स पवन सरार्फले उकासेका थिए । पवनले ३६ बलमा ५ चौका र १ छक्काको मदतले ३९ रन बनाएका थिए । खड्ग बहादुर बाेहरा ८ रनमा पाेविलियन फर्किए ।

यसअघि, क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै ९५ रन बनायो ।

खराब सुरुवात गरेको हङकङले रनको खाता नखोल्दै महत्वपूर्ण २ विकेट गुमाएको थियो । तर, आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड्दै हङकङको इनिङ्स उकासेका थिए । यस्तै उसका रौनक कपुरले १२ रन बनाए ।

हङकङलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले किफायती बलिङ गरे । १० ओभरमा ५ मेडनसहित १८ रन खर्चेर सागरले ५ विकेट लिए ।

यस्तै कमल सिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारीको नाममा एक एक विकेट रह्यो ।

उपाधि सहित एसिया कपमा छनोट नेपालले टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछ ।