सागर ढकाल चम्किँदा हङकङ सङ्कटमा - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

सागर ढकाल चम्किँदा हङकङ सङ्कटमा



काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले अहिले हङकङलाई सहजै जित्ने संकेत देखिएको छ ।

क्वालालम्पुरकोमा  जारी खेलमा  नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि हङकङको युवा टोलीले ब्याटिङ गरी रहेको छ ।

नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि हङकङको संकटमा देखिएको छ  ।

नेपाली बलरकासामु हङकङ ब्याट्सम्यान निरीह देखिएका छन् । हङकङ अहिले २७ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर ५६ रन बनाई खेलिरहेको छ । नेपालका सागर ढकाले एक्लेले हङकङको ५ विकेट लिएका छन् । ९ ओभर बलिङ गरेका उनले ५ मेडनसहित जम्मा ८ रन खर्चिएर ५ किवेट लिएका हुन् । सागरले क्रमशः पहिलो, तेस्रो, तेह्रो, पन्ध्रौं र २३औं ओभरमा विकेट दिए । २४औं ओभरमा तिलकराज भण्डारीले हङकङको छैटौं विकेट लिएका हुन् । हङकङका सबै प्रारभ्भिक ब्याट्सम्यानहरु आउट भइसकेका छन् ।

सोमबार भएको दोस्रो सेमिफाइनलमा सिंगापुरलाई डिएल पद्दतिको आधारमा ५१ रनले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको हो ।

पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको थियो ।

उपाधि विजेता टिम यू-१९ एसिया कपमा छनोट हुने छन् । एसिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।