विश्वकपमा रोहित शर्माले तोड्दैछन् यस्ता किर्तिमान - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

विश्वकपमा रोहित शर्माले तोड्दैछन् यस्ता किर्तिमान



काठमाडौं– जारी विश्वकप क्रिकेटमा भारतीय ओपनिङ ब्याट्सम्यान रोहित शर्माका लागि बिशेष नै बनेको छ । यो विश्वकपमा विश्वकै भेट्रान खेलाडीको कीर्तिमानमा धावा बोलेर शर्माले एउटा छुट्टै इतिहास बनाएका छन् ।

जसमा उनी लिग चरणका खेलमा ५ शतकसहित सर्वाधिक रन बनाउने खेलाडी बनिसकेका छन् । आईसीसी एकदिवसीय क्रिकेटको वरियतामा शीर्ष दोस्रो स्थानमा रहेका रोहित भारतीय टोलीका कप्तान विराट कोहलीलाई पछ्याउँदै छन् । यस्तै, उनलाई ‘युनिर्भसल बोस’ क्रिस गेल पछिको ‘युर्निभर्सल बोस’ पनि भन्न थालिएको छ ।

रोहितले जारी विश्वकपमा ६ सय ४७ रन बनाइसकेका छन् । अब भारतले विश्वकपको सेमिफाइनलमा मंगलबार न्युजिल्यान्डसँग खेल्दैछ । जसमा उनले अझै धेरै किर्तिमानी तोड्दै आफ्नो नाममा किर्तिमान बनाउन सक्छन् ।

उनले न्युजिल्यान्डविरुद्धको खेलमा ३२ वर्षको उमेरमा एकै विश्वकपमा सबैभन्दा धेरै रन पनि बनाउने किर्तिमानी बनाउन सक्छन् । अब उनले सबैभन्दा धेरै रनको किर्तिमानी बनाउन मात्रै २६ रनको आवश्यकता छ । यसअघि सन् २००३ को विश्वकपमा भारतीय खेलाडी सचिन तेन्दुलकरले सर्वाधिक ६ सय ७३ रन बनाएका थिए ।

त्यस्तै, रोहितले मंगलबार अर्धशतकसहित ५३ रनमात्रै बनाउन सके उनी विश्वकपको एकै संस्करणमा ७ सय रन पूरा गर्ने एक्ला खेलाडी बन्नेछन् भने लगातार तीन शतक पूरा गरिसकेका रोहिका लागि लगातार चार शतक पूरा गर्दै ४ शतक बनाउने खेलाडीको किर्तिमानी पनि बराबरी गर्न सक्छन् ।  यसअघि २०१५ को विश्वकपमा श्रीलंकाका ब्याट्सम्यान कुमार साङ्गाकाराले लगातार ४ शतक पूरा गरेका थिए ।