प्रधानमन्त्रीका सल्लाहकारको अर्को काण्ड - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

प्रधानमन्त्रीका सल्लाहकारको अर्को काण्ड



काठमाडाैँ । सरकारको आलोचना गर्नेहरूलाई लक्षित गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक संजालमा छौँडा भन्दै अमर्यादित शब्द प्रहार गरेका छन् ।

सरकारका विभिन्न कामको बिरोध र आलोचना भैरहेको बेला रिमालले आलोचना गर्नेहरुलाईइ यस्तो सब्द प्रयोग गरेका हुन् । पछिल्लो समयमा सरकार र प्रधानमन्त्री ओलीकै पनि चर्को आलोचना सामाजिक संजालदेखि जनस्तरसम्म बिरोध र आलोचना भैरहेको छ ।

गुठी विधेयककाे सवालमा हाेस् या भारतीय तरकारीमा विषादी परीक्षण गर्ने विषयमा हाेस्, वा काठमाडौंमा मास्क लगाउने भन्ने बिषयमा सरकारको चर्को  आलोचना भैरहेको छ ।

तर प्रधानमन्त्री ओलीकै प्रमुख सल्लाहाकार जस्तो व्यक्तिले बिरोध र आलोचना गर्नेहरूलाई अमर्यादित शब्द प्रयोग गरेका छन् ।

रिमालले यसरी आलाेचना गर्ने ‘छाैँडा’हरु कतैबाट परिचालित भएकाे समेत जिकिर गरेका छन् । उनले आफ्नाे आधिकारिक ट्विटरमा लेखेका छन्- ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन् कसैले छोड्छन्, दु:ख दिन्छन् ! यी छौंडाहरू आफैं चलमलाएका हुन् कि कसैले छोडेका ?’

उक्त ट्विटलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्षकाे कार्यालय लगायत धेरैले रिट्विट समेत गरेका छन् । उनकाे याे अभिव्यक्तिपछि केहीले त प्रधानमन्त्रीकाे सल्लाहकार र पार्टीको स्यायी कमिटी सदस्यबाटै राजीनामा दिन माग गरेका छन् ।