यस्तो छ सेमिफाइनल : पहिलो भारत र न्युजिल्यान्ड - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

यस्तो छ सेमिफाइनल : पहिलो भारत र न्युजिल्यान्ड



एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा भएको छ ।

शनिबार राति भएको अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको अन्तिम लिग खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो । उक्त खेलमा अष्ट्रेलिया दक्षिण अफ्रिकासँग १० रनले पराजित भयो ।

यस पटकको विश्वकपमा आयोजक इंग्ल्याण्डसँगै साविकको बिजेता अष्ट्रेलिया, भारत र न्युजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन् ।

जारी विश्वकपको अंक तालिकामा भारत शीर्ष, अष्ट्रेलिया दोस्रो, इंग्ल्याण्ड तेस्रो र न्युजिल्याण्ड चौंथो स्थानमा रहदै सेमिफाइनलमा पुगेका हुन् ।

भारतले ९ खेलबाट १५ अंक जोडेको छ । अष्ट्रेलियाले १४, इंग्ल्याण्डले १२ र न्युजिल्याण्डले ११ अंक जोड्यो ।

अब पहिलो सेमिफाइनलमा भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनल जुलाई ९ मा म्यानचेस्टरमा हुनेछ ।

यस्तै दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र इंग्ल्याण्डबीच खेल हुनेछ । दोस्रो सेमिफाइनल खेल जुलाई ११ मा हुनेछ ।

दुई सेमिफाइनल विजेता टोलीले जुलाई १४ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।