रोहितको पाँचौं शतक : बनाए नयाँ किर्तिमान - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

रोहितको पाँचौं शतक : बनाए नयाँ किर्तिमान



काठमाडौं- जारी विश्वकपमा भारतीय ओपनर रोहित शर्माले कामल गरेका छन् । बंगलादेश बिरुद्ध खेल्दै सनिबारको खेलमा अर्को शतक बनाउंदै उनले नयाँ  किर्तिमान कायम गरेका हुन् ।

रोहित शनिबार श्रीलंकासँगको खेलमा शतक प्रहार प्रहार गर्दै एकै विश्वकपमा ५ शतक पुरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । यसअघि श्रीलंकाका कुमार संगकाराले सन् २०१५ को विश्वकपमा ४ शतक जोडेका थिए । रोहितले ९२ बलमा शतक पुरा गर्दै आफ्नो वान डे करिअरको २७ औं शतक पुरा गरे । उनी विश्वकप क्रिकेटमा लगातार तीन खेलमा शतक बनाउने पहिलो खेलाडी पनि बने ।

शतक बनाएका रोहित ९४ बलमा १४ चौका र २ छक्का सहित १ सय ३ रनमा आउट भए । उनी ३१ औं ओभरको पहिलो बलमा राजिथाको बलमा क्याच आउट भएका थिए । रोहितले २९ औं ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै शतक पुरा गरेका थिए ।

अर्का ओपनर के एल राहुल ८१ रनमा खेलि रहेका छन् । २ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको भारतले ३०.१ ओभरमा एक विकेट गुमाएर १ सय ८९ रन बनाएको छ ।